Aug 25 2026 | २०८३, भाद्र ९ गते

२०८३, भाद्र ९ गते
  • यो साता चर्चामा :
images

प्रतिनिधिसभाको बैठक लामो समयका लागि स्थगित

प्रतिनिधिसभाको बैठक लामो समयका लागि स्थगित

  • मंगलवार, श्रावण १६ २०८०

  • 430
    SHARES

  • प्रतिनिधिसभाको बैठक लामो समयका लागि स्थगित

    काठमाडौं । प्रतिनिधिसभाको बैठक स्थगित भएको छ ।

    आज बोलाइएको बैठक बस्दै नबसी साउन २२ गते सोमबार दिउँसो १ बजे बस्नेगरी स्थगित भएको सभामुखको सचिवालयले जनाएको छ।

    सुन प्रकरणमा उच्च स्तरिय छानविन समिति गठन गर्न माग गर्दै एमालेले अवरोध गर्दै आइरहेको थियो । आज एमालेले नियमावली बमोजिमको आकस्मिक समयमा अवरोध नगर्ने, गृहमन्त्रीको जावाफ आइसकेपछि प्रतिक्रिया जनाउने सहमति भएको थियो ।

    तर, सत्तारुढ दलका प्रतिनिधि संसद सूचना टाँसेर स्थगित गरौँ भनेर सभामुखलाई आग्रह गरेका थियो। हिजो पनि एमालेले छानविन समिति बनाउनुपर्ने र गृहमन्त्रीकै संलग्नता भएको आरोप लगाउँदै राजीनामा दिनुपर्ने भन्दै सदन अवरोध गर्ने भएपछि बस्दै नबसी आजलाई सारिएको थियो ।


    मंगलवार, श्रावण १६ २०८००२:५४:३२
    सम्बन्धित समाचार

    Copyright © All right reserved to Nepali Network Site By: Sobij