Aug 26 2026 | २०८३, भाद्र १० गते

२०८३, भाद्र १० गते
  • यो साता चर्चामा :
images

प्रदेश – ५ को राजधानी दाङको भालुवाङ र  नाम लुम्बिनी

प्रदेश – ५ को राजधानी दाङको भालुवाङ र  नाम लुम्बिनी

  • शुक्रवार, आश्विन १६ २०७७

  • 2.8K
    SHARES

  • प्रदेश – ५ को राजधानी दाङको भालुवाङ र  नाम लुम्बिनी

    काठमाडौं । प्रदेश –५ को स्थायी राजधानी र नामाकरणसम्बन्धि प्रस्ताव आज प्रदेश सभामा पेश भएको छ । प्रदेश सभाको बैठकमा आन्तरिक मामिला तथा कानुनमन्त्री कुलप्रसाद केसीले प्रदेशको स्थायी राजधानी दाङको भालुवाङ र प्रदेशको नाम लुम्बिनी राख्न प्रस्ताव गर्नुभएको हो ।

    नेपाल कम्युनिस्ट पार्टी (नेकपा)का शीर्ष तहमा सहमति भएलगत्तै प्रदेश सरकारको मन्त्रिपरिषदले दाङको भालुवाङ बजारलाई केन्द्रमा राखेर राप्ती, गढवा र अर्घाखाँचीको शीतगंगा गाउँपालिकालाई जोडेर प्रदेश राजधानी बनाउने निर्णय गरेको हो ।

    यसअघि, नेकपाका दुई अध्यक्ष केपी शर्मा ओली र पुष्पकमल दाहालले नै भालुवाङ राजधानी बनाउन लिखितरुपमा प्रदेश सरकारलाई निर्देशन दिएको स्रोतको दाबी छ ।


    शुक्रवार, आश्विन १६ २०७७०२:३८:३५
    सम्बन्धित समाचार

    Copyright © All right reserved to Nepali Network Site By: Sobij