नेपाल कम्युनिष्ट पार्टी एकीकृत समाजवादी (नेकपा एस)का सम्मानित नेता झलनाथ खनाललले तत्काल कुनै पनि दलसँग एकताको संभावना नरहेको बताउनुभयो ।
नेपाली रेडियो नेटवर्कको नेपाली बहसमा पत्रकार ऋषि धमलासंग कुरा गर्दै पूर्वप्रधानमन्त्रीसमेत रहनुभएका खनालले आफ्नो पार्टीलाई अहिले सहि मार्ग र क्रान्तीकारी जगमा उभ्याउन तिर सम्पूर्ण शक्ती केन्द्रित रहेकाले कुनै पनि दलसँग एकता गर्ने तर्फ नसोचेको बताउनुभयो ।
स्थापनाको करिव दुई वर्ष पुग्नलाग्दासम्म विकाशको महत्वपूर्ण चरणमा रहेको बताउँनै खनालने अहिलेसम्म हिडेको बाटो र कामको समिक्षा हुन जरुरी रहेको स्प्ष्ट पार्नुभयो । पार्टीलाई हरेक कुरामा व्यवस्थित ढंगले अगाडि बढाउन जरुरी रहेकाले अब चाँडै राष्ट्रिय महाधिवेशनमा जान लागेको पनि नेता खनालले बताउनुभयो ।
पार्टी अध्यक्ष माधव नेपालसँगको सम्बन्धबारे नेता खनालले समाजवादीक्रान्ती युगलाई बहान गर्ने क्रान्तीकारी कम्युनिष्ट पार्टी निर्माण गर्नका लागि आफूहरुले विद्रोह गरेको स्मरण गराउँदै पार्टीलाई क्रान्तीकारी दिसामा लानुपर्ने ठाउँमा अहिले दक्षिणपन्थीहरुको खेलौनाजस्तो र बैसाखी जस्तो बन्न पुगिरहेको तर्क गर्नुभयो ।
जहिले पनि स्वतन्त्र हुने कम्युनिष्ट पार्टीमा देखिएका कमजोरीहरुलाई हटाउनुपर्छ भन्ने आफ्नो जोडदार माग रहेको उल्लेख गर्नुभयो ।
तोकेरै नभने पनि अध्यक्ष नेपालले पार्टीलाई गलत मार्गमा डोहो¥याइरहेको नेता खनालले संकेत गर्नुभयो ।