Aug 24 2026 | २०८३, भाद्र ८ गते

२०८३, भाद्र ८ गते
  • यो साता चर्चामा :
images

“विकास गर्दा विवेक नपुर्याएकाले बाढी बढेको हो, भाग्यले हैन”

“विकास गर्दा विवेक नपुर्याएकाले बाढी बढेको हो, भाग्यले हैन”

  • आइतवार, श्रावण १४ २०८०

  • 777
    SHARES

  • “विकास गर्दा विवेक नपुर्याएकाले बाढी बढेको हो, भाग्यले हैन”

    काठमाडौं । विकास निर्माण गर्दा विवेक नपुर्याई गरिएकाले बाढी पहिरो बढेको विज्ञहरुले बताएका छन्। भौतिक निर्माणका काम जथाभावी गरेकाले बाढीपहिरो बढेको राष्ट्रिय विपद् जोखिम न्युनिकरण तथा व्यवस्थापन प्राधिकरणका प्रवक्ता ध्रुव खड्काले दावी गर्नुभयो ।

    उहाँले विकास निर्माण गर्दा वातावरणीय प्रभाव लगायतका विभिन्न पक्षको अध्ययन गरेर भन्दा पनि जवरजस्ती गर्ने गरेकाले सन्तुलन विग्रिएर बाढी पहिरो आएको तर्क गर्नुभयो ।

    नेपाली रेडियो नेटवर्कले सुरु गरेको पालिका बहसमा उहाँले विपद जोखिम न्युनिकरण तथा व्यवस्थापनका लागि स्थानीय सरकारलाई सबै अधिकार भएको स्पष्ट पार्नुभयो । उहाँले विपद् आएमा पहिला आफै काम गर्नुपर्ने र थप सहयोगका लागि सुरक्षाकर्मीसँगै प्रदेश र संघीय सरकारलाई अनुरोध गर्नुपर्ने बताउनु भयो ।

    “कुनै पनि विपद् आएमा केन्द्रलाई वा अरु सकैलाई ताक्ने हैन, स्थानीय सरकारले आफै काम सुरु गरिहाल्ने हो, अनि मात्रै अन्यसँग गुहार माग्ने हो,” उहाँले भन्नुभयो ।

    स्थानीय तहहरुले सुरुमा जोखिमको पहिचान गर्ने, त्यसको म्यापिङ गर्ने, जोखिम न्युनिकरण तथा व्यवस्थापनका लागि योजना बनाउने र कार्यान्वयन गर्ने, स्वयमसेवकहरुको व्यवस्था गरी उनीहरुलाई प्रशिक्षित गर्ने, विपद्का बेला आवश्यक पर्ने सामग्रीहरु तयारी अवस्थामा राख्ने लगायतका काम गर्नुपर्नेमा उहाँले जोड दिनुभयो ।

    स्थानीय तहले गरेको तयारी र काममा थप जनशक्ति, सिप, तालिम, श्रोतलगायका काममा प्राधिकरणले सहयोग गर्ने प्रवक्ता खड्काको भनाई थियो । कतिपय ठाउँमा विपद्लाई अझै पनि दैविप्रकोपका रुपमा लिने मानसिकता जवरजस्त रहेकाले त्यसलाई परिवर्तन गर्न अत्यावश्यक रहेको उहाँले बताउनु भयो ।

    “विपद् जहिले पनि दैविक वा भाग्यका कारणले आउने हो, हामीले केही गर्न सकिदैनौँ भन्ने मानसिकता भएको मानिसले न्युनिकरणका प्रयास र तयारीका काम गर्दैनन, त्यसैले पहिला विपद् भाग्यले हैन, हाम्रै गलत कामले आउने हो भन्ने बुझाउन आवश्यक छ,” प्रवक्ता खड्काले भन्नुभयो ।


    आइतवार, श्रावण १४ २०८००८:१०:३१
    सम्बन्धित समाचार

    Copyright © All right reserved to Nepali Network Site By: Sobij