Aug 23 2026 | २०८३, भाद्र ७ गते

२०८३, भाद्र ७ गते
  • यो साता चर्चामा :
images

पुनः बहुमत पुर्‍याएर कोशीमा सरकार गठनको दाबी गर्छौं : कांग्रेस

पुनः बहुमत पुर्‍याएर कोशीमा सरकार गठनको दाबी गर्छौं : कांग्रेस

  • बिहिवार, श्रावण ११ २०८०

  • 895
    SHARES

  • पुनः बहुमत पुर्‍याएर कोशीमा सरकार गठनको दाबी गर्छौं : कांग्रेस
    काठमाडौं । नेपाली कांग्रेस कोशी प्रदेश संसदीय दलका प्रमुख सचेतक भूपेन्द्र राईले अदालतले गरेको फैसलालाई स्वीकार गरेर जाने बताउनुभएको छ ।
     
    उहाँले दलका तर्फबाट कुनै प्रतिक्रिया नभएको भन्दै सर्वोच्चले दिएको आदेशको पालना गर्ने बताउनुभयो । उहाँले अदालतले संविधानको धारा १६८ (२) अन्तर्गत नै सरकार गठनका लागि पुन सात दिनको म्याद दिएकाले बहुमत पुर्‍याएर सरकार गठनका लागि जाने बताउनुभएको छ।
     
    सभामुखले राजीनामा दिएर आउनु हुन्छ कि नदिई दलको सदस्यको रूपमा सरकार गठनमा सहभागी हुनुहुन्छ भन्ने विषयमा छलफल चलाइने बताउनुभयो ।
     
    यसअघि कोशी प्रदेश सभाका सभामुख बाबुराम गौतमसहितको हस्ताक्षरबाट नेपाली कांग्रेसका उद्धव थापा मुख्यमन्त्री बन्नुभएको थियो। 
     
    सर्वोच्चले सरकार निर्माण प्रक्रियामा सभामुख सहभागी हुन नपाउने निर्णय गरेको छ। यससँगै थापाको सरकार ढलेको छ।


    बिहिवार, श्रावण ११ २०८००३:५५:२६
    सम्बन्धित समाचार

    Copyright © All right reserved to Nepali Network Site By: Sobij