Aug 28 2026 | २०८३, भाद्र १२ गते

२०८३, भाद्र १२ गते
  • यो साता चर्चामा :
images

तस्करीको १०० सय किलो सुन गालेको प्रत्यक्ष प्रसारण गरिने

तस्करीको १०० सय किलो सुन गालेको प्रत्यक्ष प्रसारण गरिने

  • बिहिवार, श्रावण ११ २०८०

  • 2.8K
    SHARES

  • तस्करीको १०० सय किलो सुन गालेको प्रत्यक्ष प्रसारण गरिने

    काठमाडौं । विमानस्थलबाट गत २ साउनमा बरामद भएको तस्करीको १०० सय किलो सुन गालेको प्रत्यक्ष प्रसारण गरिने भएको छ ।

    स्कुटरको ‘ब्रेक शु’मा लुकाएर ल्याइएको सुन ‘ब्रेक शु’ बाट छुट्याएर यकिन गर्दाको प्रक्रिया सर्वसाधरणलाई प्रत्यक्ष प्रसारण मार्फत् जानकारी दिन लागिएको राजस्व अनुसन्धान विभागले जनाएको छ ।

    हालसम्मकै ठूलो सुन तस्करी घटना कसरी भयो र सुन लुकाउनका लागि के–केसम्म भयो भन्ने जानकारी दिने हिसाबले प्रत्यक्ष प्रसारण गर्न खोजिएको विभागको दाबी छ ।

    टेलिभिजनबाट प्रत्यक्ष प्रसारण गर्दाको प्रक्रिया र सुरक्षाबारे नेपाल राष्ट्र बैंकको टक्सार विभागसँग राजस्वले छलफल समेत गरिसकेको छ ।

    ‘ब्रेक शु’बाट सुन छुट्याउने प्रक्रियाको प्रत्यक्ष प्रसारणका लागि राजस्वबाट प्रस्ताव आएको टक्सार विभागले जनाएको छ । सुरक्षाको उपाय अवलम्बन गर्दै सरकारी टेलिभिजनबाट प्रत्यक्ष प्रसारण गर्ने गरी छलफल भएको छ ।

    यसबारे विभागले प्रधानमन्त्रीसँग छलफल गर्नु पर्ने भएकाले निर्णय भने शुक्रबार प्रधानमन्त्री नेपाल फर्किएपछि मात्रै गर्ने तयारी गरिएको छ । प्रधानमन्त्री फर्किएपछि मात्रै सुन गाल्ने गरी तयारी दुवै विभागले गरेका छन् ।


    बिहिवार, श्रावण ११ २०८००२:०१:२४
    सम्बन्धित समाचार

    Copyright © All right reserved to Nepali Network Site By: Sobij