Aug 24 2026 | २०८३, भाद्र ८ गते

२०८३, भाद्र ८ गते
  • यो साता चर्चामा :
images

पत्रिकामा छापेको व्यापारीको फोटोमा ओलीले आफूलाई देखेका छन् : रामनारायण बिडारी

पत्रिकामा छापेको व्यापारीको फोटोमा ओलीले आफूलाई देखेका छन् : रामनारायण बिडारी

  • बिहिवार, श्रावण ११ २०८०

  • 717
    SHARES

  • पत्रिकामा छापेको व्यापारीको फोटोमा ओलीले आफूलाई देखेका छन्  : रामनारायण बिडारी

    काठमाडौं । नेकपा (माओवादी केन्द्र)का नेता रामनारायण बिडारीले एक क्विन्टल सुनकाण्डमा सरकारले उच्चस्तरीय छानबिन समिति बनाउने बताउनुभएको छ ।

    नेपाली रेडियो नेटवर्कको नेपाली बहसमा पत्रकार ऋषि धमलासँग कुरा गर्दै नेता बिडारीले अहिले सुनको जालो तोड्ने कोसिस भइरहेको र केहि पक्राउ पर्नुकासाथै प्रमाणसमेत फेला परेको स्पष्ट पार्नुभयो । यस्तै आवश्यक परे उच्चस्तरीय छानबिन समिति बनाउन सक्ने उहाँको भनाइ छ । राजस्व अनुसन्धान विभाग, सीआईबी यसको अनुसन्धनमा लागिरहेको प्रस्ट हुँदाहुँदै यो प्रकरणमा एमालेले बिनाकारण संसद् अवरोध गर्नु अपराध भएको नेता बिडारीको तर्क रहेको छ ।

    पहिले–पहिले केपी ओलीले नै सुन गायब पारेको आरोप लगाउँदै नेता बिडारीले त्यो बेला ओली नै प्रमुखमा हुँदा पत्ता लगाउन नसकेको एमालेले अहिले अनुसन्धान र कारबाहीमा बिनाकारण अवरोध गरेको आरोप लगाउनुभयो । सुन तस्करको मूख्य ठेकेदार एमालेलाई थाहा छ भने बताइदिनुपर्ने पनि नेता बिडारीको भनाइ छ ।

    यस्तै एक पत्रिकाले एउटा व्यापारीको फोटो छापेकै कारण ओलीले अन्टसन्ट बोलिरहेको टिप्पणी समेत गर्नुभयो । नयाँ पत्रिकाले छापेको एक व्यापारीमा ओलीले आफूलाई देखिरहेको आरोप समेत नेता बिडारीले लगाउनुभयो ।

    यस्तै एमालेले माग्दैमा गृहमन्त्री र अर्थमन्त्रीले राजीनामा दिनु नपर्ने नेता बिडारीको तर्क रहेको छ । नारायणकाजी श्रेष्ठ गृहमन्त्रीमा आएपछि धेरै भ्रष्टाचारी र तस्करीको छानबिन सुरु भएकाले बरु गृहमन्त्रीको प्रशंसा गर्नुपर्ने नेता बिडारीले बताउनुभयो ।

    यस्तै अर्थतन्त्रमा सुधार गर्नुपर्ने आवश्यकता रहेकाले अहिले अर्थमन्त्रीको पनि राजीनामा आवश्यक नरहेको नेता बिडारीको भनाइ छ ।


    बिहिवार, श्रावण ११ २०८०१०:२३:५९
    सम्बन्धित समाचार

    Copyright © All right reserved to Nepali Network Site By: Sobij