काठमाडौं। डेंगुका संक्रमणका कारण धरानमा ७ जनाको ज्यान गएको छ। गत जेठ महिनादेखि धरानमा डेंगु संक्रमणले भयावय रुप लिएको थियो।
धरान उपमहानगरपालिकाका स्वास्थ्य शाखा प्रमुख उमेश मेहताकाअनुसार अहिलेसम्म ३ हजार ५ सय ३२ जना डेंगु परीक्षण गर्दा २ हजार ६६ जनामा डेङगु सङ्क्रमण देखिएको छ। यो कुल सङ्ख्यामध्ये ५८ प्रतिशत हो ।
उपमहानगरपालिकाले डेंगी नियन्त्रणका लागि भन्दै ‘सर्च एण्ड डिस्ट्रोए’ अभियानलाई नै प्रभावकारी उपायको रुपमा लिएर काम अगाडि बढाइरहेको मेहताले जानकारी दिनुभयो।
मेहताले धरानका उपमहानगरपालिका प्रमुख मेयर हर्क साम्पाङ, उपप्रमुख आइन्द्र विक्रम बेघा, स्वास्थ्यकर्मीसहितको टोलीले धरानको ११, १५ र १६ नम्बर वडामा खोज र नष्ट गर ‘सर्च एण्ड डिस्ट्रोए’ अभियान चलाएको बताउनु भयो ।
धरानमा डेंगु संक्रमणले सबैभन्दा बढी ११, १५, १७ र १८ नम्बर वडा प्रभावित देखिएको छ ।