Aug 23 2026 | २०८३, भाद्र ७ गते

२०८३, भाद्र ७ गते
  • यो साता चर्चामा :
images

कोशी प्रदेश सरकारविरुद्धको रिटमाथि सुनुवाइ सुरु

कोशी प्रदेश सरकारविरुद्धको रिटमाथि सुनुवाइ सुरु

  • सोमवार, श्रावण ८ २०८०

  • 764
    SHARES

  • कोशी प्रदेश सरकारविरुद्धको रिटमाथि सुनुवाइ सुरु

    काठमाडौं । सर्वोच्च अदालतमा कोशी प्रदेश सरकारको वैधानिकतालाई चुनौती दिँदै दर्ता गरिएको रिटको सुनुवाइ सुरु भएको छ ।

    न्यायाधीशद्वय सुष्मालता माथेमा र तिलप्रसाद श्रेष्ठको संयुक्त इजलासमा १२ः३५ बजेदेखि सुनुवाइ सुरु भएको हो ।

    कांग्रेस संसदीय दलका नेता उद्धव थापालाई असंवैधानिक रुपमा मुख्यमन्त्री नियुक्त गरिएको भन्दै पूर्व मुख्यमन्त्री तथा एमाले संसदीय दलका नेता हिक्मतकुमार कार्कीका तर्फबाट सर्वोच्च अदालतमा असार २२ गते रिट निवेदन दर्ता गरिएको थियो ।

    सरकार गठनमा सभामुख बाबुराम गौतमको समेत हस्ताक्षर प्रयोग गरिएको भन्दै कार्कीले प्रदेश प्रमुख पर्शुराम खापुङ, मुख्यमन्त्री थापा र सभामुख गौतमलाई विपक्षी बनाएर रिट निवेदन दिएका हुन् ।

    रिट निवेदनमा कार्कीले आफूलाई मुख्यमन्त्री नियुक्त गर्न परामादेशको मागसमेत गरेका छन् ।


    सोमवार, श्रावण ८ २०८००२:०२:४२
    सम्बन्धित समाचार

    Copyright © All right reserved to Nepali Network Site By: Sobij