Aug 25 2026 | २०८३, भाद्र ९ गते

२०८३, भाद्र ९ गते
  • यो साता चर्चामा :
images

लोकसेवालाई नयाँ पदपूर्तिको बाटो खुल्यो

लोकसेवालाई नयाँ पदपूर्तिको बाटो खुल्यो

  • बिहिवार, आश्विन १५ २०७७

  • 1.0K
    SHARES

  • लोकसेवालाई नयाँ पदपूर्तिको बाटो खुल्यो

    काठमाडौं ।  सरकारले लोकसेवा आयोगलाई नयाँ पदपूर्तिको प्रक्रियामा लगाएको रोक हटाएको छ।

    सरकारका प्रवक्ता परराष्ट्रमन्त्री प्रदीप ज्ञवालीले आज आयोजित पत्रकार सम्मेलनमा पदपूर्तिका लागि विज्ञापन गर्न र विज्ञापन भएपछि पनि परीक्षा दिन लगाएको प्रतिबन्ध हटाएको बताउनुुभयो।

    ‘रिक्त पदपूर्तिका लागि विज्ञापन भएको तर परीक्षा हुन बाँकी रहेको र पदपूर्तिका लागि विज्ञापन आह्वान गर्न बाँकी रहेका, नियमित पदपूर्तिको सबै व्यवस्था रहेको रोक हटाइएको छ’ प्रवक्ता ज्ञवालीले भन्नुुभयो।

    सामान्य प्रशासन मन्त्रालयको प्रस्तावमा आजको मन्त्रिपरिषदले सो निर्णय गरेको हो। कोभिड १९ को महामारीको कारण सरकारले वैशाखमा नयाँ पदपूर्तिका लागि रोक लगाएको थियो।


    बिहिवार, आश्विन १५ २०७७०६:१३:२०
    सम्बन्धित समाचार

    Copyright © All right reserved to Nepali Network Site By: Sobij