काठमाडौं । अनसनरत डा गोविन्द केसीलाई अनसन फिर्ता लिन सरकारले आग्रह गरेको छ। बिहीबार मन्त्रिपरिषद् बैठकका निर्णय सार्वजनिक गर्न बोलाइएको पत्रकार सम्मेलनमा सरकारका प्रवक्ता प्रदीप ज्ञवालीले डा केसीलाई अनसन फिर्ता लिन आग्रह गर्नुुभएको हो ।
देश संकटमा छ। कोरोना विरुद्धको लडाइमा जुधिरहेका धेरैलाई हामीले गुमाएका पनि छौं। यस्तो बेला अनसन र हडताल राम्रो विषय भएन। अरु मागमा पछि पनि छलफल गर्न सकिन्छ। सरकार डा केसीलाई अनसन फिर्ता लिन आग्रह गर्छ, मन्त्री ज्ञवालीले भन्नुुभयो।
विगतदेखि नै उठाएका माग डा केसीले पुनः उठाएको र धेरै माग कार्यान्वयन गएको भन्दै मन्त्री ज्ञवालीको भनाइ छ। डा केसीकै मागअनुसार चिकित्सा शिक्षा ऐन, नियमावली र आयोगसमेत बनिसकेको समेत उहाँको भनाइ छ।
डा केसीले सरकारी मेडिकल कलेजमा ७५ प्रतिशत छात्रवृत्ति कार्यान्वयनमा ल्याउन गरेको माग पनि सम्बोधन भइसकेको उहाँको दाबी छ।