Nov 18 2026 | २०८३, मंसिर ३ गते

२०८३, मंसिर ३ गते
  • यो साता चर्चामा :
images

अछाममा मलामी बोकेको ट्र्याक्टर दुर्घटना, १ जनाको मृत्यु ३४  घाइते

अछाममा मलामी बोकेको ट्र्याक्टर दुर्घटना, १ जनाको मृत्यु ३४  घाइते

  • आइतवार, श्रावण ७ २०८०

  • 596
    SHARES

  • अछाममा मलामी बोकेको ट्र्याक्टर दुर्घटना, १ जनाको मृत्यु ३४  घाइते
    काठमाडौं । अछामको पञ्चदेवल विनायक नगरपालिका  मलामी बोकेको ट्र्याक्टर दुर्घटना हुँदा एक जनाको घटना स्थलमै मृत्यु भएको छ भने ३४ जना घाइते भएका छन् ।
     
    पञ्चदेवल विनायक नगरपालिका वडा नम्बर २ बाट मलामी बोकेर कर्णाली नदीको बेलखेत जाँदै गरेको ट्याक्टर वडा नम्बर ४ कालीकास्थानमा दुर्घटना भएको हो । दुर्घटनामा घाइते भएकाहरूको प्रहरीले उद्दार गरी स्वास्थ्य चौकी कुच्चीमा पठाएको थियो।
     
    घाइते २५ जनालाई थप उपचारका लागी  जिल्ला अस्पताल मंगलसेन पठाइएको छ भने ९ जना सामान्य उपचार पछि घर फर्किएका छन् । दुर्घटनामा मृत्यु हुने पञ्चदेवल विनायक नगरपालिका वडा नम्बर ६ तोलीका बृख विक रहेका  प्रहरीले जनाएको छ ।
     
    दुर्घटना के कति कारणले भएको हो भन्ने विषयमा अनुसन्धान भइरहेको इलाका प्रहरी कार्यालय विनायकका प्रमुख अशोक खड्काले  बताउनुभएको छ ।


    आइतवार, श्रावण ७ २०८००४:४९:३७
    सम्बन्धित समाचार

    Copyright © All right reserved to Nepali Network Site By: Sobij