Aug 23 2026 | २०८३, भाद्र ७ गते

२०८३, भाद्र ७ गते
  • यो साता चर्चामा :
images

प्रधानमन्त्री प्रचण्डले भोलि राष्ट्रसंघका महासचिव र बंगलादेशका प्रधानमन्त्रीसँग भेटवार्ता गर्ने

प्रधानमन्त्री प्रचण्डले भोलि राष्ट्रसंघका महासचिव र बंगलादेशका प्रधानमन्त्रीसँग भेटवार्ता गर्ने

  • आइतवार, श्रावण ७ २०८०

  • 554
    SHARES

  • प्रधानमन्त्री प्रचण्डले भोलि राष्ट्रसंघका महासचिव र बंगलादेशका प्रधानमन्त्रीसँग भेटवार्ता गर्ने
    काठमाडौं । इटालीको भ्रमणमा रहनुभएका प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले संयुक्त राष्ट्रसंघका महासचिव एन्टोनियो गुटेर्रेस र बंगलादेशकी प्रधानमन्त्री शेख हसिनासँग द्विपक्षीय वार्ता गर्नुहुने भएको  छ । दुवै भेटवार्ता इटालीको राजधानी रोममा हुने भियनास्थित नेपाली दूतावासले जनाएको छ ।
     
    प्रधानमन्त्री प्रचण्ड संयुक्त राष्ट्रसंघ, इटाली सरकार र संयुक्त राष्ट्रसंघको रोममा रहेको खाद्य तथा कृषि संगठनले आयोजना गर्ने खाद्य प्रणालीसम्बन्धी कार्यक्रममा सहभागी हुन हिजो त्यसतर्फ जानुभएको हो ।
     
    स्थानीय समयअनुसार आइतबार(आज) बिहान ७ः३० बजे इटालीको रोम पुग्नुभएका प्रधानमन्त्री प्रचण्डले राष्ट्रसंघको कार्यक्रमको साइडलाइनमा सोमबार(भोलि) बंगलादेशकी प्रधानमन्त्री र राष्ट्रसंघका महासचिवसँग छुट्टाछुट्टै भेटवार्ता गर्न लाग्नुभएको हो ।
     
    उहाँले भोलि पहिला बंगलादेशकी प्रधानमन्त्री शेख हसिनासँग द्विपक्षीय भेटवार्ता गर्नुहुने छ । त्यसपछि संयुक्त राष्ट्रसंघका महासचिव एन्टोनियो गुटेर्रेससँग उहाँको भेट हुनेछ ।
     
    प्रधानमन्त्री दाहाल इटालीमा रहँदा खाद्य तथा कृषि सङ्गठन (एफएओ)का महानिर्देशक, विश्व खाद्य कार्यक्रम (डब्लूएफपी)का कार्यकारी निर्देशक र कृषि विकासका लागि अन्तर्राष्ट्रिय कोष (एडीआईएफ) कार्यक्रमका अध्यक्षले पनि छुट्टाछुट्टै भेट गर्ने कार्यक्रम रहेको छ ।
     


    आइतवार, श्रावण ७ २०८००४:२९:२०
    सम्बन्धित समाचार

    Copyright © All right reserved to Nepali Network Site By: Sobij