Aug 25 2026 | २०८३, भाद्र ९ गते

२०८३, भाद्र ९ गते
  • यो साता चर्चामा :
images

प्रधानमन्त्री प्रचण्ड इटालीमा, राजदूतसहितका अधिकारीद्वारा स्वागत

प्रधानमन्त्री प्रचण्ड इटालीमा, राजदूतसहितका अधिकारीद्वारा स्वागत

  • आइतवार, श्रावण ७ २०८०

  • 664
    SHARES

  • प्रधानमन्त्री प्रचण्ड इटालीमा, राजदूतसहितका अधिकारीद्वारा स्वागत

    काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड संयुक्त राष्ट्र सङ्घीय खाद्य तथा कृषि सङ्गठनको मुख्यालय इटालीको रोममा हुन गइरहेको कार्यक्रममा भाग लिन इटाली पुग्नुभएको छ। प्रचण्ड स्थानीय समय अनुसार आइतबार ७ः३० बजे रोममा अवतरण गर्नुभएको हो ।

    प्रधानमन्त्रीलाई नेपाली राजदूत भरतकुमार रेग्मीसहित इटालीका परराष्ट्र मन्त्रालयका अधिकारीहरुले स्वागत गरेको प्रधानमन्त्रीका प्रेस संयोजक सूर्यकिरण शर्माले जानकारी दिनुभयो ।

    अतिकम विकसित राष्ट्रहरूको अध्यक्षको हैसियतमा खाद्यसम्बन्धी कार्यक्रमको उद्घाटन समारोहमा प्रधानमन्त्रीको सम्बोधन रहनेछ । हालै नेपालले पाँच वर्षका लागि अतिकम विकसित राष्ट्रहरूको ग्लोबल कोर्डिनेसन ब्यूरोको अध्यक्षता ग्रहण गरेको छ ।

    प्रधानमन्त्री साउन १२ मा नेपाल फर्किने कार्यक्रम रहेको छ ।


    आइतवार, श्रावण ७ २०८००२:२५:५०
    सम्बन्धित समाचार

    Copyright © All right reserved to Nepali Network Site By: Sobij