Aug 24 2026 | २०८३, भाद्र ८ गते

२०८३, भाद्र ८ गते
  • यो साता चर्चामा :
images

सुन तस्करीमा राजनीतिक संलग्नता हुँदैन, कर्मचारीको हुन्छ : बामदेव गौतम

सुन तस्करीमा राजनीतिक संलग्नता हुँदैन, कर्मचारीको हुन्छ : बामदेव गौतम

  • शनिवार, श्रावण ६ २०८०

  • 598
    SHARES

  • सुन तस्करीमा राजनीतिक संलग्नता हुँदैन, कर्मचारीको हुन्छ : बामदेव गौतम

    काठमाडौं । राष्ट्रियसभाका सदस्य तथा नेकपा राष्ट्रिय एकता अभियानका संयोजक वामदेव गौतमले सुन तस्करीमा राजनीतिक संलग्नता हुने भन्ने आरोपमा कुनै सत्यता नभएको दाबी गर्नुभएको छ। शनिबार रिपोर्टर्स क्लब नेपालले आयोजना गरेको विशेष–साक्षात्कारमा बौल्दै नेता गौतमले सो कुरा बताउनुभएको हो ।

    ‘सुन तस्करीमा राजनीतिक संलग्नता हुँदैन । यो गलत आरोप हो । कति ठाउँ बलात्कार हुन्छ ? राजनीतिक संलग्नता हुन्छ त ? कति ठाउँमा चोरी हुन्छ ? अनि के राजनीतिक संलग्नता हुन्छ ? कति ठाउँ बाटाघाटामा मानिसहरु मार्दैै हिँड्छन् ? त्यहाँ राजनीतिक संलग्नत हुन्छ त ?’ गौतमले भन्नुभयो, ‘सडक दुर्घटना, सबै ठाउँमा संलग्नता हुन्छ ? जब तथ्यले के भन्छ, त्यो हेर्नुपर्छ । हरेक दलका नेताहरु त्यहाँ उपस्थित् भएका छन् ? कर्मचारीमात्रै उपस्थित छन् । राजनीतिक संलग्नता भएको भए उनीहरुले भन्लान् नि ।’

    उहाँले आफू गृहमन्त्री हुँदा सुन काण्ड नभएको पनि दाबी गर्नुभयो । उहाँले भन्नुभयो, ‘म पहिलोपटक ०५४ सालमा गृहमन्त्री भएँ, म मन्त्री हुँदासम्म सुन काण्ड भएन । सुन काण्ड पछि उब्जियो । मन्त्रीबाट हटेपछि उब्जियो । बरु म सरकारमै भएको बेला मलाई कसरी हटाउने भनेर पार्टीभित्र र बाहिरबाट धेरै आवाजहरु उठाइए । र, अन्तिममा मलाई त्यही शक्तिले सरकारबाट हटायो, म त्यो बेला ७ महिनामात्रै मन्त्री भएको हुँ ।’

    पछिल्लो सुन काण्डबारे के भन्नुहुन्छ ? एयरपोर्टमा प्रहरीको भूमिकालाई लिएर सोधिएको एक प्रश्नमा गौतमले विमानस्थलमा प्रहरीको भूमिका सुरक्षासँग मात्रै सम्बन्धित रहेको सुनाउनुभयो ।


    शनिवार, श्रावण ६ २०८००४:२६:१५
    सम्बन्धित समाचार

    Copyright © All right reserved to Nepali Network Site By: Sobij