Aug 23 2026 | २०८३, भाद्र ७ गते

२०८३, भाद्र ७ गते
  • यो साता चर्चामा :
images

बेलायतले पहिलो चरणमा सय जना नेपाली नर्स लैजाने

बेलायतले पहिलो चरणमा सय जना नेपाली नर्स लैजाने

  • शुक्रवार, श्रावण ५ २०८०

  • 522
    SHARES

  • बेलायतले पहिलो चरणमा सय जना नेपाली नर्स लैजाने

    काठमाडौं। बेलायतले पहिलो चरणमा एक सय जना नेपाली नर्स लैजाने भएको छ। श्रम रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयले पाइलट प्रोग्रामको रुपमा पहिलो चरणमा एक सय जना नर्सलाई बेलायत पठाउनका लागि आवेदन खुलाएको हो।

    नेपाल बेलायतबीच भएको श्रम सम्झौता मन्त्रिपरिषद्बाट स्वीकृत भएसँगै श्रम मन्त्रालयले नर्सलाई रोजगारीका लागि बेलायत पठाउन आवेदन खुलाएको हो।

    दुई देशबीच गत वर्ष भदौमा श्रम सम्झौता भएको थियो । बेलायत जान इच्छुक नेपाली नर्सहरुले अक्टोवर १९ सम्ममा अनलाइन आवेदन दिन सक्नेछन्। न्यूनतम योग्यता पिसिएल नर्सिङ अध्ययन पुरा गरेको हुनुपर्ने छ भने नर्सिङमा स्नातक तथा स्नातकोत्तर गरेकाले पनि आवेदन दिन पाउने छन्। तर उमेर भने २० वर्षदेखि ४५ वर्षसम्मको हुनुपर्ने छ।

    श्रम सम्झौता अनुसार उनीहरु बेलायतमा पाँच वर्ष बस्न पाउने छन् भने त्यसपछि अनिवार्य रुपमा स्वदेश फर्किनु पर्नेछ। नेपालमा कम्तिमा साढे दुई वर्ष सरकारी मान्यताप्राप्त अस्पतालमा काम गरेको हुनुपर्ने तथा आईईएलटीएसमा ६ दशमलव ५ अङ्क ल्याई उत्तीर्ण भएको हुनुपर्ने छ।

    बेलायत पुगेर त्यहाँको नर्सिङ काउन्सिलबाट परीक्षा पनि पास गर्नुपर्ने प्रावधान पनि राखिएको छ। सवै प्रक्रिया पूरा गरेर जान पाउनेहरुले कुनै शुल्क भने तिर्नुपर्ने छैन। बोयतमा वार्षिक ५८ लाख रुपैयाँसम्मको तलब उनीहरुले पाउनसक्ने बताइएको छ।


    शुक्रवार, श्रावण ५ २०८००८:४८:१६
    सम्बन्धित समाचार

    Copyright © All right reserved to Nepali Network Site By: Sobij