Aug 25 2026 | २०८३, भाद्र ९ गते

२०८३, भाद्र ९ गते
  • यो साता चर्चामा :
images

सुन तस्करीमा संलग्न रहेको आरोपमा पक्राउ परेका ६ जनालाई १० दिन थुनामा राख्न अनुमति

सुन तस्करीमा संलग्न रहेको आरोपमा पक्राउ परेका ६ जनालाई १० दिन थुनामा राख्न अनुमति

  • बिहिवार, श्रावण ४ २०८०

  • 897
    SHARES

  • सुन तस्करीमा संलग्न रहेको आरोपमा पक्राउ परेका ६ जनालाई १० दिन थुनामा राख्न अनुमति

    काठमाडौं । सुन तस्करीमा संलग्न रहेको आरोपमा पक्राउ परेका ६ जनालाई उच्च अदालत पाटनले १० दिन थुनामा राखेर अनुसन्धान गर्न राजश्व अनुसन्धान विभागलाई अनुमति दिएको छ ।

    आज बिहीबार पक्राउ परेका चिनियाँ नागरिक लिङ चुवानसहितका ६ जनालाई १० दिन थुनामा राख्न अनुमति दिएको उच्च अदालत पाटनका रजिस्ट्रार ठगिन्द्र कट्टेलले जानकारी दिनुभयो ।

    चुवानलाई नेपाल छोडेर जाने तयारीमा रहेका बेला त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट अध्यागनले नियन्त्रणमा लिएर राजश्व अनुसन्धान विभागलाई बुझाएको थियो ।

    त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल भन्सार कार्यालयको जाँच पार गरेर बाहिरिएको झण्डै एक क्वीन्टल सुन राजश्व अनुसन्धान विभागले बरामद गरेको थियो ।

    त्यो सुन तस्करीमा संलग्न रहेको आरोपमा अहिलेसम्म एक जना चिनियाँसहित ६ जना पक्राउ परेका छन् ।

     


    बिहिवार, श्रावण ४ २०८००५:४७:२९
    सम्बन्धित समाचार

    Copyright © All right reserved to Nepali Network Site By: Sobij