Nov 19 2026 | २०८३, मंसिर ४ गते

२०८३, मंसिर ४ गते
  • यो साता चर्चामा :
images

मेरो सुन भए डाँडा काटिसक्थेँ : दीपक मल्होत्रा

मेरो सुन भए डाँडा काटिसक्थेँ : दीपक मल्होत्रा

  • बिहिवार, श्रावण ४ २०८०

  • 1.4K
    SHARES

  • मेरो सुन भए डाँडा काटिसक्थेँ : दीपक मल्होत्रा

    काठमाडौं । व्यापारी दीपककुमार मल्होत्राले बुधवार समातिएको झण्डै एक क्विन्टल तस्करीको सुनबारे आफ्नो कुनै संलग्नता नभएको दावी गर्नुभएको छ ।

    बिहीबार काठमाडौंमा पत्रकार सम्मेलन गरी मल्होत्राले बरामद सुन र ट्याक्सीबारे आफूलाई समेत जोडेर समाचार प्रकाशित भएकोमा ती समाचारहरु भ्रामक असत्य भएको प्रष्टीकरण दिनुभएको छ ।

    ‘समाचारमा लेखिएजस्तो यो विषयमा मेरो कुनै पनि संलग्नता नभएको र प्रकाशित समाचारमा मसँग सम्बन्धित विषयहरु सत्य नभएको, भ्रामक र कपोकल्पित रहेको जानकारी गराउँछु’, पत्रकार सम्मेलनमा वितरित विज्ञप्तिमा मल्होत्राले भन्नुभएको छ ।

    उहाँले आफू र आफ्नो परिवारका सबै सदस्यहरुको व्यवसायिक कारोबारहरु नेपाल कानुन बमोजिम स्थापना भएका निकाय मार्फत हुने गरेको पनि बताउनुभएको छ ।

    ‘मेरो सुन भएको भए म डाँडा काटिसकेको हुन्थेँ । मेरो व्यापार छुट्टै छ । त्यसबारे मलाई केही थाहा छैन,’ उहाँले भन्नुभयो, ‘समाचारमा आशंका भन्ने शब्द प्रयोग गरिएको छ । आशंकाको भरमा लेखिएको समाचार गलत छ । सय प्रतिशत, हजार प्रतिशत, लाख प्रतिशत त्यो सुन मेरो होइन । यदि पुष्टि हुन्छ भने म जे पनि सजाय भोग्न तयार छु ।’


    बिहिवार, श्रावण ४ २०८००२:११:०८
    सम्बन्धित समाचार

    Copyright © All right reserved to Nepali Network Site By: Sobij