Aug 26 2026 | २०८३, भाद्र १० गते

२०८३, भाद्र १० गते
  • यो साता चर्चामा :
images

पछिल्लो २४ घण्टा नबित्दै थप ८ कोरोना संक्रमितको मृत्यु

पछिल्लो २४ घण्टा नबित्दै थप ८ कोरोना संक्रमितको मृत्यु

  • बिहिवार, आश्विन १५ २०७७

  • 890
    SHARES

  • पछिल्लो २४ घण्टा नबित्दै थप ८ कोरोना संक्रमितको मृत्यु

    काठमाडौं । नेपालमा पछिल्लो पटक थप ८ जनाको कोरोना संक्रमितको मृत्यु भएको छ । बाँके र मोरङमा दुई–दुई, बुटवल, धरान वीरगंजमा र सुर्खेतमा एक–एक जना गरि ८ जनाको मृत्यु भएको हो ।

    बुटवल उपमहानगरपालिका वडा नंं. ८ का ८० वर्षीय कोरोना संक्रमित बृद्धको बुटवल धागो कारखानामा सञ्चालित कोरोना विशेष अस्थायी अस्पतालमा उपचारका क्रममा गएराति मृत्यु भएको अस्पतालका सूचना अधिकारी डा. विष्णु गौतमले जानकारी दिनुुभयो ।

    यस्तै धरानमा अर्का एक जना संक्रमितको ज्यान गएको छ । विपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानका अनुसार सुनसरी इटहरी उपमहानगरपालिका ६ का ५६ पुरुषको गएराति मृत्यु भएको प्रतिष्ठानका प्रवक्ता डा. निदेश सापकोटाले बताउनुुभयो ।
    यसैगरी, रौतहटका एकजना कोरोना संक्रमितको वीरगञ्जमा मृत्यु भएको छ ।

    रौतहटको ईशनाथ नगरपालिका–४ बस्ने ७४ वर्षीय पुरुषको आज विहान मृत्यु भएको हो । नेशनल मेडिकल कलेजले सञ्चालन गरेको अस्थायी कोरोना अस्पतालमा उपचारको क्रममा आज बिहान उनको मृत्यु भएको मेडिकल कलेजका कोभिड फोकल पर्सन डाक्टर असरफ हुसैनले जानकारी दिनुुभयो ।

    उता बाँकेमा कोरोना संक्रमणबाट आज दुई जनाको मृत्यु भएको छ । नेपालगन्ज उपमहानगरपालिका–४, का ५२ वर्षीय पुरुष र सुर्खेतकी ७५ वर्षीया महिलाको उपचारका क्रममा मृत्यु भएको हो । दुवै जना शिक्षण अस्पताल कोहलपुरमा उपचारका क्रममा मृत्यु भएको प्रमुख जिल्ला अधिकारी रामबहादुर कुरुम्बाङले जानकारी दिनुभयो ।

    यस्तै मोरङ कारागारका एक बन्दीसहित दुई जना कोरोना संक्रमितको मृत्यु भएको छ । इटहरी नगरपालिका ४ घर भइ १० महिनादेखि लागूऔषध मुद्दामा मोरङ कारागारमा बन्दी जीवन बिताइरहेका कोरोना संक्रमित २७ वर्षीय पुरुषको मृत्यु भएको कोसी अस्पतालका प्रवक्ता डा. लक्ष्मीनारायण यादवले बताताउनुभयो ।

    यसैगरी उर्लाबारी नगरपालिका–२ की ८४ वर्षीया कोरोना संक्रमित वृद्धाको आज बिहान होम आइसोलेसनमा मृत्यु भएको छ । कोरोनासँग मिल्दो लक्षण देखिएपछि परिवारजनले वृद्धालाई उपचारका लागि विराट मेडिकल अस्पतालमा भर्ना गराएका थिए । अस्पतालले भर्ना गरी स्वाब परीक्षण गराउँदा रिपोर्ट पोजिटिभ आएको थियो ।

    उता सुर्खेतको वीरेन्द्रनगरमा आफ्नै कोठामा मृतावस्थामा भेटिएकी महिलामा कोरोना संक्रमण भएको पुष्टि भएको छ । भेरीगंगा नगरपालिका वडानम्बर ११ घर भई वीरेन्द्रनगर नगरपालिका–११ पिपिरामा कोठा भाडामा बस्दै आएकी ३५ वर्षीय महिला १३ गते साँझ मृत भेटिएकी थिइन् ।
    कर्णाली प्रदेश अस्पतालरपशुपन्छी रोग अन्वेषण प्रयोगशालामा स्वाब परीक्षण गर्दा उनमा कोरोना संक्रमण पुष्टि भएको सामाजिक विकास मन्त्रालयको स्वास्थ्य सेवा महाशाखाले जनाएको छ ।


    बिहिवार, आश्विन १५ २०७७०१:३६:५९
    सम्बन्धित समाचार

    Copyright © All right reserved to Nepali Network Site By: Sobij