Aug 23 2026 | २०८३, भाद्र ७ गते

२०८३, भाद्र ७ गते
  • यो साता चर्चामा :
images

कर्णालीमा आज सार्वजनिक बिदा

कर्णालीमा आज सार्वजनिक बिदा

  • सोमवार, श्रावण १ २०८०

  • 756
    SHARES

  • कर्णालीमा आज सार्वजनिक बिदा
    काठमाडौं । कर्णाली प्रदेश सरकारले आज साउन १ गते सार्वजनिक बिदा दिएको छ । साउने संक्रान्ति तथा देउडा पर्वको अवसर पारेर कर्णाली प्रदेशभर आज सार्वजनिक बिदा दिइएको प्रदेशको आन्तरिक मामिला तथा योजना मन्त्रालयले जनाएको छ ।
     
    मन्त्रालयले मंगलबार नै सार्वजनिक बिदाको सूचना जारी गरेको थियो । साउन १ गते प्रदेशभित्रका सम्पूर्ण सरकारी तथा सार्वजनिक संघ संस्थामा बिदा लागू हुने मन्त्रालयका सूचना अधिकारी रोशन शाहीले जानकारी दिनुभयो ।
     
    प्रदेश सरकारको २०७८ चैत २९ गते बसेको प्रदेश मन्त्रिपरिषद्को बैठकले साउन १ गते साउने संक्रान्ति तथा देउडा पर्वको अवसरमा बिदा दिने निर्णय गरेको थियो ।


    सोमवार, श्रावण १ २०८००६:४४:३८
    सम्बन्धित समाचार

    Copyright © All right reserved to Nepali Network Site By: Sobij