Aug 23 2026 | २०८३, भाद्र ७ गते

२०८३, भाद्र ७ गते
  • यो साता चर्चामा :
images

ललिता निवास प्रकरण : सञ्चार सचिवसहित १७ जनालाई थप ५ दिन हिरासतमा राख्न अनुमति

ललिता निवास प्रकरण : सञ्चार सचिवसहित १७ जनालाई थप ५ दिन हिरासतमा राख्न अनुमति

  • आइतवार, आषाढ ३१ २०८०

  • 789
    SHARES

  • ललिता निवास प्रकरण : सञ्चार सचिवसहित १७ जनालाई थप ५ दिन हिरासतमा राख्न अनुमति
    काठमाडौं । जिल्ला अदालत काठमाडौंले ललिता निवास प्रकरणका आरोपित सञ्चार सचिव कृष्णबहादुर राउत, भाटभटेनी सुपरमार्केटका सञ्चालक मीनबहादुर गुरुङसहित १७ जनालाई थप ५ दिन हिरासतमा राख्न अनुमति दिएको छ ।
     
    न्यायाधीश दयाराम ढकालको इजलासले बालुवाटारको सरकारी जग्गा हिनामिनामा मुछिएका उनीहरूलाई थप ५ दिन हिरासतमा राखेर अनुसन्धान गर्न प्रहरीलाई अनुमति दिएको हो ।
     
    यसअघि पनि अदालतले पहिलो पटक ७, दोस्रो पटक पनि ७ र तेस्रो पटक ५ दिन हिरासतमा राख्न अनुमति दिएको थियो । यससँगै पक्राउ परेकाहरू बढीमा कुल १९ दिन हिरासतमा रहिसकेका छन् ।
     
    यस्तै आफूहरूलाई गैरकानूनी थुनमा राखिएको दाबी गर्दै गुरुङ लगायतका केही आरोपितले सर्वोच्च अदालतमा बन्दी प्रत्यक्षीकरणका लागि दिएको निवेदनमा आइतबार नै सुनुवाइ भइरहेको छ ।
     


    आइतवार, आषाढ ३१ २०८००३:३७:५५
    सम्बन्धित समाचार

    Copyright © All right reserved to Nepali Network Site By: Sobij