Aug 23 2026 | २०८३, भाद्र ७ गते

२०८३, भाद्र ७ गते
  • यो साता चर्चामा :
images

नेकपा एमालेद्वारा संसदीय विभागमा १३ सदस्य मनोनीत

नेकपा एमालेद्वारा संसदीय विभागमा १३ सदस्य मनोनीत

  • आइतवार, आषाढ ३१ २०८०

  • 1.6K
    SHARES

  • नेकपा एमालेद्वारा संसदीय विभागमा १३ सदस्य मनोनीत

    काठमाडौं । नेकपा एमालेको संसदीय विभागमा १३ सदस्य मनोनीत भएका छन् ।

    विभाग प्रमुख पृथ्वीसुब्बा गुरुङको सिफारिसमा शनिबार बसेको सचिवालय बैठकले १३ जनालाई सदस्य मनोनीत गरेको हो ।

    लिलानाथ श्रेष्ठ (सिराहा), भगवती चौधरी (सुनसरी), पदम गिरी (पर्वत), विद्या भट्टराई (कास्की), ज्वाला साह (बारा), ठाकुर गैरे (पाल्पा), बलराम अधिकारी (कपिलवस्तु) र चन्द्रबहादुर विश्वकर्मा (पश्चिम रुकुम) लाई विभागको सदस्य मनोनीत गरिएको छ ।

    यस्तै सुनिता बराल (झापा), महेश बर्तौला (मकवानपुर), तारा लामा तामाङ (कञ्चनपुर), अम्मरबहादुर रायमाझी (उदयपुर) र किरणकुमार साह (रौतहट) संसदीय विभाग सदस्य मनोनीत भएका छन् ।

    यसअघि यो विभागमा राष्ट्रियसभाका देवेन्द्र दाहाल र भैरवसुन्दर श्रेष्ठ सदस्य थिए ।


    आइतवार, आषाढ ३१ २०८००२:५१:५९
    सम्बन्धित समाचार

    Copyright © All right reserved to Nepali Network Site By: Sobij