Aug 23 2026 | २०८३, भाद्र ७ गते

२०८३, भाद्र ७ गते
  • यो साता चर्चामा :
images

सांसदहरुलाई सम्पत्ति विवरण बुझाउन भदौ २८ गतेसम्मको समय

सांसदहरुलाई सम्पत्ति विवरण बुझाउन भदौ २८ गतेसम्मको समय

  • आइतवार, आषाढ ३१ २०८०

  • 579
    SHARES

  • सांसदहरुलाई सम्पत्ति विवरण बुझाउन भदौ २८ गतेसम्मको समय

    काठमाडौं । संघीय संसद सचिवालयले सांसदहरुलाई सम्पत्ति विवरण बुझाउन आग्रह गरेको छ । संसद सचिवालयले सूचना निकालेर सांसदहरुलाई आर्थिक वर्ष २०७९/०८० को सम्पति विवरण बुझाउन आग्रह गरेको हो ।

    भ्रष्टाचार निवारण ऐन २०५९ र अख्तियार दुरुपयोग अनुसन्धान आयोग ऐन २०४८ मा संघीय सांसदले आर्थिक वर्ष समाप्त भएको ६० दिनभित्र सम्पत्त विवरण बुझाउनुपर्ने व्यवस्था छ । सोही व्यवस्था अनुसार सांसदहरुलाई सम्पत्ति विवरण बुझाउन भनिएको हो ।

    सम्पत्ति विवरण बुझाउँदा सांसदले आफ्नो र आफ्नो परिवारको नाममा रहेको सम्पत्तिको स्रोत वा निस्सा स्पष्ट उल्लेख गरी पेस गर्नुपर्ने हुन्छ । यसका लागि संसद सचिवालयले आगामी भदौ २८ गतेसम्मको समय तोकेको छ ।


    आइतवार, आषाढ ३१ २०८००१:२७:०४
    सम्बन्धित समाचार

    Copyright © All right reserved to Nepali Network Site By: Sobij