Aug 23 2026 | २०८३, भाद्र ७ गते

२०८३, भाद्र ७ गते
  • यो साता चर्चामा :
images

कुनै पनि अनुसन्धानमा सरकारको हस्तक्षेप छैन : गृहमन्त्री

कुनै पनि अनुसन्धानमा सरकारको हस्तक्षेप छैन : गृहमन्त्री

  • शनिवार, आषाढ ३० २०८०

  • 882
    SHARES

  • कुनै पनि अनुसन्धानमा सरकारको हस्तक्षेप छैन  : गृहमन्त्री

    काठमाडौं। उपप्रधान तथा गृहमन्त्री नारायणकाजी श्रेष्ठले कुनै पनि अनुसन्धानमा सरकारको हस्तक्षेप नभएको बताउनु भएको छ ।

    तथ्य र प्रमाणका आधारमा दोषीलाई कारबाही प्रक्रिया अघि बढेको बताउँदै उहाँले यसमा प्रहरीलाई कुनै दबाब नदिएको बताउनु भएको हो।

    चितवनको भरतपुरमा पत्रकारसँग कुरा गर्दै श्रेष्ठले भन्नुभयो, ‘हामीले प्रहरीलाई उसलाई ल्याउनु उसलाई नल्याउनु भनेका छैनौं । हामी त्यस्तो कुरा गर्दैनौं । निर्दोष फस्ने र दोषी उम्किने हुँदैन । तपाईंहरू काम गर्नुस् भनेका छौं । प्रहरीले त्यसैगरी कम गरिरहेको छ ।’

    कसैले कोही मान्छे पक्राउ परोस् भन्ने चाहेर नभइ तथ्य प्रमाणका आधारमा समातिने उहाँले बताउनुभयो। अनुसन्धानका क्रममा ढिलोचाँडो हुनसक्ने बताउँदै उहाँले कुनै पनि प्रकरणमा अनुसन्धानको काम नरोकिएको बताउनुभयो।

    साथै, गृहमन्त्री श्रेष्ठले मिटरव्याज पीडितलाई न्याय दिने काम पनि नरोकिएको बताउनु भएको छ।


    शनिवार, आषाढ ३० २०८०१२:३३:३९
    सम्बन्धित समाचार

    Copyright © All right reserved to Nepali Network Site By: Sobij