काठमाडौं। सरकारले गरिब, विपन्न, बेवारिसे र असहायहरूको लागि निःशुल्क उपलब्ध गराउने भएको छ। संघअन्तर्गतका विभिन्न १६ अस्पतालहरूमा ३ हजार ५ सय २३ बेड निःशुल्क उपलब्ध गराइने स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जानकारी दिएको हो।
मन्त्रालयका अनुसार वीर अस्पतालमा ७००, भरतपुर अस्पतालमा ४२०, नारायणी अस्पतालमा २५५, कान्ति बाल अस्पतालमा २४८, गजेन्द्र नारायण अस्पतलमा १०० र शुक्रराज ट्रपिकल तथा सरुवा रोग अस्पतालमा ६० वटा बेड गरिब, विपन्न, बेवारिसे र असहायले निःशुल्क पाउने छन्।
यस्तै, परोपकार प्रसुति तथा स्त्रीरोग अस्पतालमा ४५०, पोखरा स्वास्थ्य विज्ञान प्रतिष्ठानमा ३००, राष्ट्रिय ट्रमा सेन्टरमा १५०, भेरी अस्पतालमा ५०, शहिद गंगालाल राष्ट्रिय हृदय केन्द्रमा ९०, डडेल्धुरा अस्पतालमा ३०,मानसिक अस्पताल ललितपुरमा ४०, राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठानमा १५०, कोसी अस्पतालमा ३३० र कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठानमा १५० बेड निःशुल्क उपलब्ध गराइने छ।
स्वास्थ्य मन्त्रालयले आज सार्वजनिक गरेको उपलब्धि विवरणमा “गरिब, विपन्न, बेवारिसे तथा असहायहरूको उपचारमा स्थानीय, प्रादेशिक र संघीय स्तरका सरकारी, सामुदायिक तथा निजी अस्पतालहरूमा १० प्रतिशत बेड निःशुल्क गर्नुपर्ने व्यवस्थाअनुसार संघ अन्तर्गतका १६ अस्पतालहरूबाट कुल तीन हजार ५२३ बेड निःशुल्क उपलब्ध गराइएको छ,“ उल्लेख छ।
