Aug 23 2026 | २०८३, भाद्र ७ गते

२०८३, भाद्र ७ गते
  • यो साता चर्चामा :
images

‘भुटानी शरणार्थी प्रकरणमा निर्णय गर्ने तत्कालीन प्रधानमन्त्रीलाई कारबाही होस्’ 

‘भुटानी शरणार्थी प्रकरणमा निर्णय गर्ने तत्कालीन प्रधानमन्त्रीलाई कारबाही होस्’ 

  • शुक्रवार, आषाढ २९ २०८०

  • 816
    SHARES

  • ‘भुटानी शरणार्थी प्रकरणमा निर्णय गर्ने तत्कालीन प्रधानमन्त्रीलाई कारबाही होस्’ 
    काठमाडौं । प्रतिनिधिसभा सदस्य अमरेश कुमार सिंहले नक्कली भुटानी शरणार्थी प्रकरणमा निर्णय गर्ने तत्कालीन प्रधानमन्त्रीलाई कारबाही गर्न माग गर्नुभएको छ।
     
    शुक्रबार(आज) प्रतिनिधिसभाको आकस्मिक समयमा बोल्दै उहाँले भन्नुभयो, ‘नक्कली भुटानी शरणार्थी केशमा निर्णय गर्नेलाई समातिएन । मन्त्रिपरिषद्को निर्णय हो । मन्त्रिपरिषद् निर्णय गर्ने प्रधानमन्त्रीलाई समात्न पर्‍यो नि ।’ तर, तत्कालीन प्रधानमन्त्री को थिए भनेर उनले नाम भने लिएनन् । उहाँ भन्नुहुन्छ, ‘प्रधानमन्त्री, पूर्व प्रधानमन्त्रीको नाममा उम्किने छुट छैन।’
     
    नक्कली भुटानी शरणार्थीमा संलग्न रहेको आरोप लागको सन्देश शर्माको अडियो मिलेको भन्दै विषय आएको समेत उहाँले उल्लेख गर्नुभयो । को सँग मिलेको भने खुलाउनुभएन।
     
    ‘अथेन्टिक भनेर पुलिसले विज्ञप्ति जारी गर्‍यो यो उसकै भ्वाइस हो । त्यसमा किन कारबाही गरिएन?’ उहाँको प्रश्न छ ।
     
    शारदाप्रसाद त्रिताल आयोगको रिर्पोट किन सार्वजनिक नगरिएको भन्ने पनि उहाँको प्रश्न छ । ‘किनकि त्यहाँ नेताहरूको नाम छ । नेताहरूलाई छाड्नका लागि सार्वजनिक गरिएन’ उहाँले भन्नुभयो ।
     
    मोहन रमण भट्टराईको अध्यक्षतामा सरकारी र गुठी जग्गाको जाँच गर्न आयोग बनेको र त्यो आयोगको रिर्पोट पन सार्वजनिक गरिएको भन्दै उहाँले सार्वजनिक गर्न सरकारलाई आग्रह गर्नुभयो।
     
    अन्यथा दुवै रिर्पोट आफूसँग भएको उल्लेख गर्दै उहाँले सबै सांसदलाई वितरण गर्न तयार रहेको बताउनुभयो ।


    शुक्रवार, आषाढ २९ २०८००३:०४:३४
    सम्बन्धित समाचार

    Copyright © All right reserved to Nepali Network Site By: Sobij