Aug 23 2026 | २०८३, भाद्र ७ गते

२०८३, भाद्र ७ गते
  • यो साता चर्चामा :
images

राष्ट्रियसभाबाट आर्थिक र राष्ट्र ऋण उठाउने विधेयक बहुमतले पारित

राष्ट्रियसभाबाट आर्थिक र राष्ट्र ऋण उठाउने विधेयक बहुमतले पारित

  • शुक्रवार, आषाढ २९ २०८०

  • 516
    SHARES

  • राष्ट्रियसभाबाट आर्थिक र राष्ट्र ऋण उठाउने विधेयक बहुमतले पारित

    काठमाडौं । राष्ट्रियसभाको बैठकले आर्थिक विधेयक, २०८० र राष्ट्र ऋण उठाउने विधेयक, २०८० बहुमतले पारित गरेको छ ।

    शुक्रबार बसेको बैठकमा अर्थमन्त्री डा. प्रकाशशरण महतले ‘प्रतिनिधिसभाबाट सुझावसहित प्राप्त उक्त विधेयक २०८० लाई मूलरूपमै सुझावबिना पारित गरी प्रतिनिधिसभामा फिर्ता पठाइयोस्’ भन्ने प्रस्ताव पेस गरेकोमा बहुमतले उक्त प्रस्ताव पारित गरेको हो ।

    बैठकमा राष्ट्रियसभाका सांसदहरूले सुर्तीजन्य वस्तुमा कर बढाउने प्रस्ताव पेश गरेपनि उक्त प्रस्ताव अस्वीकृत भएको थियो । त्यसअघि बैठकमा आर्थिक विधेयक २०८० माथि दफावार छलफलका क्रममा उठेका प्रश्नको जवाफ दिँदै अर्थमन्त्री महतले सुर्तीजन्य वस्तुमा कर नघटाइएको बताउनुभयो ।

    अहिले पनि नेपालमा सुर्तीजन्य वस्तुमा उच्च कर नै रहेको महतले बताउनुभयो। करका दर प्रस्ताव गर्दा सकारात्मक र नकारात्मक पक्षको समीक्षा गरिने र सोहीअनुसार संशोधन गर्न सकिने महतले अर्थमन्त्रीले बताउनुभयो ।

    अहिले मूल्यवृद्धि घट्दै गएको र सकारात्मक दिशातर्फ मुलुकको अर्थतन्त्र अगाडि बढेको उहाँको भनाइ थियो ।


    शुक्रवार, आषाढ २९ २०८००२:०९:३७
    सम्बन्धित समाचार

    Copyright © All right reserved to Nepali Network Site By: Sobij