Aug 23 2026 | २०८३, भाद्र ७ गते

२०८३, भाद्र ७ गते
  • यो साता चर्चामा :
images

नेपालद्वारा पाकिस्तानलाई एक सय ८० रनको लक्ष्य

नेपालद्वारा पाकिस्तानलाई एक सय ८० रनको लक्ष्य

  • शुक्रवार, आषाढ २९ २०८०

  • 944
    SHARES

  • नेपालद्वारा पाकिस्तानलाई एक सय ८० रनको लक्ष्य

    काठमाडौं । एसीसी इमर्जिङ टिम्स एसिया कप क्रिकेट प्रतियोगिताको आफ्नो पहिलो खेलमा नेपालले बलियो पाकिस्तानलाई एक सय ८० रनको लक्ष्य दिएको छ ।

    टस जिती पहिले ब्याटिङ गरेको नेपाली टोली ३७ ओभरमा एक सय ७९ रन बनाउँदै अलआउट भयो ।

    नेपालका सोमपाल कामीले अर्धसतक बनाए । उनले ७५ रनको योगदान गरे । उनले एक सय एक बलको सामना गरी दुई छक्का र नौ चौका हिर्काएका थिए । उनी अन्तिम विकेटका रुपमा पेभेलियन फर्किएका थिए ।

    प्रतिस जीसीले पनि २६ रन बनाए । माथिल्लो क्रममा कुनै पनि नेपाली ब्याट्सम्यान लामो समय क्रिजमा टिक्न सकेनन् । आसिफ शेख १२, अर्जुन साउद १७, कुशल मल्ल १७ र गुल्सन झा १३ रनमा आउट भए ।

     


    शुक्रवार, आषाढ २९ २०८००१:४८:००
    सम्बन्धित समाचार

    Copyright © All right reserved to Nepali Network Site By: Sobij