Aug 25 2026 | २०८३, भाद्र ९ गते

२०८३, भाद्र ९ गते
  • यो साता चर्चामा :
images

नेपाल मेडिकल काउन्सिलको सर्भर ३ दिन बन्द हुने

नेपाल मेडिकल काउन्सिलको सर्भर ३ दिन बन्द हुने

  • बिहिवार, आषाढ २८ २०८०

  • 681
    SHARES

  • नेपाल मेडिकल काउन्सिलको सर्भर ३ दिन बन्द हुने

    काठमाडौं । नेपाल मेडिकल काउन्सिलको सर्भर ३ दिन बन्द हुने भएको छ । काउन्सिलले सर्भर स्थानान्तरण गर्ने भएकाले ३ दिन बन्द हुने भएको हो ।

    बिहीबार(आज) सूचना जारी गरी काउन्सिलले सर्भर स्थानान्तरण तथा अद्यावधिक गर्दा तीन दिन बन्द हुने बताएको छ ।

    सर्भर स्थानान्तरण तथा अद्यावधिकका लागि असार २९, ३० र ३१ गते बन्द हुने काउन्सिलका रजिष्टार डा. कृष्ण प्रसाद अधिकारीले बताउनुभयो।

    ‘यस काउन्सिलबाट प्रदान गरिने सबै प्रकारका अनलाइन सेवाहरू बन्द हुने ब्यहोरा सम्बन्धित सबैका लागि सूचित गरिन्छ । यसबाट पर्न गएको असुविधा प्रति क्षमाप्रार्थी छौ,’ काउन्सिलको सूचनामा उल्लेख छ ।


    बिहिवार, आषाढ २८ २०८००७:३७:१०
    सम्बन्धित समाचार

    Copyright © All right reserved to Nepali Network Site By: Sobij