Aug 23 2026 | २०८३, भाद्र ७ गते

२०८३, भाद्र ७ गते
  • यो साता चर्चामा :
images

एचपीभी खोप ७ सय जनाले मात्रै पाउने

एचपीभी खोप ७ सय जनाले मात्रै पाउने

  • बिहिवार, आषाढ २८ २०८०

  • 1.1K
    SHARES

  • एचपीभी खोप ७ सय जनाले मात्रै पाउने

    काठमाडौं। पाठेघरको मुखको क्यान्सर विरुद्धको खोप एचपीभी खोप सुरुवात तथा सञ्चालन कार्यनीति स्वीकृत गरिएको छ। स्वीकृत गरिएको कार्यनीतिअनुसार खोप जम्मा ७ सय जनाले मात्रै लगाउन पाउने भएका छन्।एचपीभी खोप सञ्चालन स्वीकृतिलाई स्वास्थ्य तथा जनसङ्ख्या मन्त्री मोहनबहादुर बस्नेतले पदबहालीपछि गरिएको मुख्य कामको क्रियाकलापमा उल्लेख गर्नुभएको छ ।

    तर,पाठेघरको क्यान्सरविरुद्धको एचपीभी खोप प्राप्तीका लागि मन्त्रालयको निर्देशनमा स्वास्थ्य सेवा विभाग, परिवार कल्याण महाशाखाअन्तर्गत खोप शाखाले रणनीति सहितको प्रपोजल लेखन गरिरहेको शाखाले जनाएको छ।

    एचपीभी खोप क्याम्पियनका रूपमा १० देखि १४ वर्षसम्मका किशोरी र नियमित खोपको रूपमा १० वर्षका बालिकालाई दिइने गरी प्रपोजल तयार पार्ने कार्य भइरहेको खोप शाखाका प्रमुख डा.अभियान गौतमले जानकारी दिनुभयो ।

    बालबालिका लागि नियमित खोप निःशुल्क उपलब्ध गराउँदै आएको गाभीलाई कसरी पाठेघरको क्यान्सरविरुद्ध एचपीभी खोप नियमित र क्याम्पियनका रूपमा नछुटाइकन सञ्चालन गर्न सकिन्छ भनेर रणनीति सहितको प्रस्तावका लागि प्रपोजल तयार पर्ने कार्य भइरहेको छ।


    बिहिवार, आषाढ २८ २०८००४:१७:३४
    सम्बन्धित समाचार

    Copyright © All right reserved to Nepali Network Site By: Sobij