Aug 24 2026 | २०८३, भाद्र ८ गते

२०८३, भाद्र ८ गते
  • यो साता चर्चामा :
images

‘स्क्रब टाइफस’ संक्रमणले रोल्पाका वडाध्यक्ष पुनको मृत्यु

‘स्क्रब टाइफस’ संक्रमणले रोल्पाका वडाध्यक्ष पुनको मृत्यु

  • बुधवार, आषाढ २७ २०८०

  • 1.4K
    SHARES

  • ‘स्क्रब टाइफस’ संक्रमणले रोल्पाका वडाध्यक्ष पुनको मृत्यु

    काठमाडौं । रोल्पाको रून्टीगढी गाउँपालिका वडा नं. ४ का वडाध्यक्ष टंकबहादुर पुनको ‘स्क्रब टाइफस’ का कारण मृत्यु भएको छ। 

    ४० वर्षीय वडाध्यक्ष पुनको उपचारका क्रममा बुधबार(आज) मध्याह्न साढे १२ बजेतिर दाङको घोराहीस्थित राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठानमा मृत्यु भएको गाउँपालिकाका अध्यक्ष जनक पुनले  बताउनुभयो। 

    पुन असार २५ गते बिहान ११ बजे प्रतिष्ठानमा उपचारका लागि भर्ना हुने भएको थियो। सोही दिन बेलुका नै प्रतिष्ठानले पुनलाई घर पठाएको थियो। राति गाह्रो भएपछि पुन फेरि २६ गते बिहान ८ बजे प्रतिष्ठानमा भर्ना हुनुभएको थियो। 

    ‘स्क्रब टाइफस’ रोगको लक्षण देखिएपछि उनलाई नर्मल वार्ड हुँदै आइसियु र अन्त्यमा भेन्टिलेटरमा राखेर उपचारको प्रयास गरिएको भनेर प्रतिष्ठान प्रशासनले आफूलाई जानकारी दिएको गाउँपालिकाका अध्यक्ष पुनले बताउनुभयो। 

    ‘स्क्रब टाइफस’ ओरिन्सिया सुसुगामासी नामक ब्याक्टेरियाको कारणले हुने गर्छ। यो ब्याक्टेरियालाई मुसाबाट मानिसमा ‘चिगर माइट’ किर्नोले सार्ने गर्दछ। 

    जसका कारण डेंगीले जस्तै गरी एकाएक सेतो रगत (प्लेटलेट्स) ह्वात्तै घट्ने, शरीरका विभिन्न भागबाट रगत बग्ने जस्ता खतरा हुन सक्ने हुँदा बिरामीको एकाएक मृत्यु हुनसक्ने डा. किशोर खत्रीले बताउनुभयो। 

    प्रतिष्ठान प्रशासनले पनि ‘स्क्रब टाइफस’का कारण वडाध्यक्षका मृत्यु भएको पुष्टि गरेको छ। गत स्थानीय निर्वाचनमा पुन नेपाली कांग्रेसबाट वडाध्यक्षमा निर्वाचित हुनुभएको थियो।


    बुधवार, आषाढ २७ २०८००५:०५:०१
    सम्बन्धित समाचार

    Copyright © All right reserved to Nepali Network Site By: Sobij