Aug 24 2026 | २०८३, भाद्र ८ गते

२०८३, भाद्र ८ गते
  • यो साता चर्चामा :
images

सीता दाहालको राजकीय सम्मानका साथ अन्त्येष्टि

सीता दाहालको राजकीय सम्मानका साथ अन्त्येष्टि

  • बुधवार, आषाढ २७ २०८०

  • 895
    SHARES

  • सीता दाहालको राजकीय सम्मानका साथ अन्त्येष्टि
    काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डकी पत्नी सीता दाहालको राजकीय सम्मानका साथ अन्त्येष्टि गरिएको छ। श्रीमती दाहालको बुधबार(आज) अपराह्न पशुपति आर्यघाटमा अन्त्येष्टि गरिएको हो। 
     
    आज नै आकस्मिक रुपमा बसेको मन्त्रिपरिषद्‌को बैठकले ‘प्रथम महिला’को रुपमा राजकीय सम्मानसहित दाहालको अन्त्येष्टि गर्ने निर्णय गरेको थियो।
     
    दिवंगत दाहालको पार्थिव शरीरमा श्रीमान् प्रचण्ड र छोरीहरू रेनु र गंगा दाहालले दागबत्ती दिनुभएको छ। 
     
    लामो समयदेखि दुर्लभ पार्किन्सन रोगले ग्रसित दाहालको आज बिहान नर्भिक हस्पिटलमा निधन भएको थियो।


    बुधवार, आषाढ २७ २०८००३:४३:५१
    सम्बन्धित समाचार

    Copyright © All right reserved to Nepali Network Site By: Sobij