Aug 23 2026 | २०८३, भाद्र ७ गते

२०८३, भाद्र ७ गते
  • यो साता चर्चामा :
images

सीता दाहालको निधनप्रति भारतीय प्रधानमन्त्री मोदीद्वारा दुःख व्यक्त

सीता दाहालको निधनप्रति भारतीय प्रधानमन्त्री मोदीद्वारा दुःख व्यक्त

  • बुधवार, आषाढ २७ २०८०

  • 960
    SHARES

  • सीता दाहालको निधनप्रति भारतीय प्रधानमन्त्री मोदीद्वारा दुःख व्यक्त
    काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डकी पत्नी सीता दाहालको निधनप्रति भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले दुःख व्यक्त गरेका छन्। 
     
    सामाजिक सञ्जालमा एक सन्देश लेख्दै मोदीले दाहालको निधन भएको खबरले मर्माहत भएको बताएका छन्। 
     
    नेपाली भाषामा ट्विट गर्दै मोदीले लेखेका छन्, ‘श्रीमती सीता दाहालको दुःखद निधन भएको खबरले मर्माहत भएको छु। प्रधानमन्त्री प्रचण्डप्रति हार्दिक समवेदना प्रकट गर्दै दिवंगत आत्मालाई चिरशान्ति मिलोस् भनी प्रार्थना गर्दछु। ॐ शान्ति।’
     
    नेकपा माओवादी केन्द्रकी केन्द्रीय सल्लाहकार समेत रहेकी दाहालको ६९ वर्षको उमेरमा बुधबार बिहान नर्भिक अस्पतालमा उपचारका क्रममा निधन भएको थियो। 
     


    बुधवार, आषाढ २७ २०८००२:१७:४१
    सम्बन्धित समाचार

    Copyright © All right reserved to Nepali Network Site By: Sobij