काठमाडौं । प्रमुख प्रतिपक्षी नेपाली कांग्रेसका युवा नेता गगन थापाले चीनका लागि नेपाली महेन्द्रबहादुर पाण्डेले राजदूतले ग्लोबल टाइम्समा दिनुभएको अन्तरवार्तामा व्यक्त विचार र भाषा कूटनीतिकको मर्यादाविपरित रहेको बताउनुभएको छ ।
नेता थापाले यो सरकारको आधिकारिक धारणा हो वा होइन स्पष्ट गर्न परराष्ट्रमन्त्री प्रदीप ज्ञवालीलाई आग्रह गर्नुभएको छ ।
‘चीनका लागि नेपाली राजदूतले ग्लोबल टाइम्समा दिनुभएको अन्तरवार्तामा व्यक्त विचार र भाषा कूनीतिज्ञको मर्यादा विपरित छ’, उहाँले ट्विटरमा परराष्ट्रमन्त्री ज्ञवालीलाई मेन्सन गर्दै लेख्नुभएको छ, ‘ ज्ञवालीज्यू राजदूतको त्यो अभिव्यक्ति नै सरकारको आधिकारिक धारणा हो ? होइन भने परराष्ट्र मन्त्रालायले आफ्नो धारणा स्पष्ट गरोस् ।’
चीनका लागि नेपाली राजदूत पाण्डेले नेपाल–भारत सीमा विवादजस्ता विषयबारे चिनियाँ सरकारी मुखपत्र ग्लोबल टाइम्सलाई दिएको अन्तर्वार्तामा भारतीय सञ्चारमाध्यमले नकारात्मक खबर प्रकाशित गरे पनि नेपाल र चीन सम्बन्ध सौहार्दपूर्ण रहेको बताउनुभएको थियो ।
पूर्वपरराष्ट्रमन्त्रीसमेत रहेका पाण्डेको अभिव्यक्ति कूटनीतिक अभ्यासविपरीत भएको भन्दै परराष्ट्रविद्लगायत राजनीतिज्ञहरुले पनि त्यसबारे सरकारले स्पष्टीकरण दिनुपर्ने बताएका छन् ।
