Aug 26 2026 | २०८३, भाद्र १० गते

२०८३, भाद्र १० गते
  • यो साता चर्चामा :
images

चिनियाँ मिडियामा भारतबारेकोे टिप्पणीले विवादमा तानिए राजदूत पाण्डे, के भन्छन् विज्ञ ?

चिनियाँ मिडियामा भारतबारेकोे टिप्पणीले विवादमा तानिए राजदूत पाण्डे, के भन्छन् विज्ञ ?

  • बुधवार, आश्विन १४ २०७७

  • 805
    SHARES

  • चिनियाँ मिडियामा भारतबारेकोे टिप्पणीले विवादमा तानिए राजदूत पाण्डे, के भन्छन् विज्ञ ?

    काठमाडौं । चीनका लागि नेपाली राजदूत महेन्द्रबहादुर पाण्डेले नेपाल–भारत सीमा विवादजस्ता विषयबारे चिनियाँ सरकारी मुखपत्रलाई दिएको अन्तर्वार्ता दिनुभएको छ ।

    ग्लोबल टाइम्सलाई दिएको अन्तर्वार्तामा पाण्डेले भारतीय सञ्चारमाध्यमले नकारात्मक खबर प्रकाशित गरे पनि नेपाल र चीन सम्बन्ध सौहार्दपूर्ण रहेको बताउनुभएको थियो ।

    तर, पूर्वपरराष्ट्रमन्त्रीसमेत रहेका पाण्डेको अभिव्यक्ति कूटनीतिक अभ्यासविपरीत भएको भन्दै परराष्ट्रविद्लगायत राजनीतिज्ञहरुले पनि त्यसबारे सरकारले स्पष्टीकरण दिनुपर्ने बताएका छन् ।

    अन्तर्वार्तामा व्यक्त उनका कतिपय अभिव्यक्तिले भारतीय सञ्चारमाध्यम र भारत सरकारको दृष्टिकोण एउटै रहेको जस्तो आशय लाग्ने भन्दै विज्ञहरूले एक राजदूतले त्यस किसिमको धारणा राख्नु गलत भएको बताएका छन् ।

    हालै नेपाल–चीन सीमा क्षेत्रमा पर्ने हुम्लाको नाम्खा गाउँपालिकाको भूमिमा चिनियाँ पक्षले भवनहरू बनाएको विवरण आएकै बेला राजदूत पाण्डेको यो अन्तर्वार्ता प्रकाशित भएको छ ।

    ती भवनहरू नेपाली भूमिमा बनेको खबर निरन्तर रूपमा भारतीय सञ्चारमाध्यमले सम्प्रेषण गरेका थिए । त्यसप्रति चासो व्यक्त गर्दै गएको मङ्गलवार चिनियाँ दूतावासले ती भवनहरू आफ्नो भूमिमा बनेको बताएको थियो ।

    भवन बनेको क्षेत्रमा नेपाली टोली स्थलगत अध्ययनमा गएको भए पनि त्यसको प्रतिवेदन नआउँदै बुधवार नेपालको परराष्ट्र मन्त्रालयले भवन चिनियाँ भूभागमा बनेको र त्यहाँबाट एक किलोमिटरवरै नेपाल–चीन सीमा रहेको उल्लेख गरेको थियो ।

    हुम्लानजिकै चिनियाँ भूमिमा नै आफूले भवन बनाएको चिनियाँ पक्षको स्पष्टोक्ति छ ।

    पछिल्ला दिनमा नेपाल–भारत सम्बन्ध अलि धमिलिएको छ । यस्तो वेला एउटा दलको केन्द्रीय नेता भइसकेको र देशको पराराष्ट्रमन्त्री भइसकेको व्यक्ति राजदूत बनेर हलुका टिप्पणीतिर लाग्नु राम्रो संकेत नभएकोसमेत विज्ञहरुको भनाइ छ ।

    ‘नकारात्मक टिप्पणीहरु कूटनीतिक सिद्धान्तमा पर्दैनन् । जिम्मेवार पदमा बसेको व्यक्तिले सम्बन्धको संवेदनशीलता ख्याल गरेर बोल्नुपर्छ’, परराष्ट्र मामिलाका अर्का विज्ञ दिनेश भट्टराईले आज ट्विट गर्दै भन्नुभएको छ, ‘उहाँले नबुझेको हो भन्ने मलाई लाग्दैन ।’

    Capture.PNG


    बुधवार, आश्विन १४ २०७७०१:४४:४४
    सम्बन्धित समाचार

    Copyright © All right reserved to Nepali Network Site By: Sobij