Aug 23 2026 | २०८३, भाद्र ७ गते

२०८३, भाद्र ७ गते
  • यो साता चर्चामा :
images

युनिसेफद्वारा नेपालका लागी एलिस् अकुङ्गा नयाँ प्रतिनिधी नियुक्त

युनिसेफद्वारा नेपालका लागी एलिस् अकुङ्गा नयाँ प्रतिनिधी नियुक्त

  • सोमवार, आषाढ २५ २०८०

  • 711
    SHARES

  • युनिसेफद्वारा नेपालका लागी एलिस् अकुङ्गा नयाँ प्रतिनिधी नियुक्त

    काठमाडौँ। युनिसेफले नेपालका लागि नयाँ प्रतिनिधिको रुपमा एलिस् अकुङ्गालाई नियुक्त गरेको छ।युनिसेफले केन्याली नागरिक अकुङ्गालाई आज नयाँ प्रतिनिधी नियुक्त गरेको हो।

    अकुङ्गासँग बालबालिकाको सेवाको क्षेत्रमा केन्या, मलावी, नाइजेरिया, इस्वाटिनी, माल्दीभ्स र अफ्गानिस्तानमा गरी दुई दशक भन्दा लामो समय काम गरेको अनुभव छ। आफ्ना कामका क्रममा अकुङ्गाले विशेष गरी उच्च जोखिमको समयमा बालबालिकाको संरक्षण र अधिकारका लागि निरन्तर पैरवी गर्दै आएकी छन्।

    युनिसेफले विश्वमा सबैभन्दा बञ्चितिमा परेका बालबालिकाहरूसम्म पुग्न विश्वका केही कठिन ठाउँहरूमा काम गर्दछ। यस्तै नवनियुक्त युनिसेफ नेपालका देशीय प्रतिनिधि अकुङ्गाले आजै परराष्ट्र मन्त्री माननीय एनपी साउदसमक्ष आफ्नो ओहदाको प्रमाणपत्र पनि पेस गरेका छन्।

     


    सोमवार, आषाढ २५ २०८००४:१३:५२
    सम्बन्धित समाचार

    Copyright © All right reserved to Nepali Network Site By: Sobij