Aug 23 2026 | २०८३, भाद्र ७ गते

२०८३, भाद्र ७ गते
  • यो साता चर्चामा :
images

रसुवामा डेङ्गुका बिरामी फेला, लामखुट्टेप्रति सावधानी रहन अनुरोध 

रसुवामा डेङ्गुका बिरामी फेला, लामखुट्टेप्रति सावधानी रहन अनुरोध 

  • सोमवार, आषाढ २५ २०८०

  • 524
    SHARES

  • रसुवामा डेङ्गुका बिरामी फेला, लामखुट्टेप्रति सावधानी रहन अनुरोध 
    काठमाडौं । रसुवाको उत्तरी क्षेत्रमा पनि डेङ्गुका बिरामी भेटिएका छन् । ती बिरामीको हाल धुन्चेस्थित जिल्ला अस्पतालमा उपचार भइरहेको छ ।
     
    अस्पतालका मेडिकल सुपरिटेन्डेन्ट डा. अमितकुमार शाहले एकजना डेङ्गुका बिरामीको अस्पतालको अन्तरङ्ग कक्षमा उपचार भइरहेको जानकारी दिनुभयो ।
     
    समुद्र सतहदेखि दुई हजार मिटरको उचाइमा डेङ्गु रोगका बिरामी फेला परेपछि जिल्ला अस्पतालले लामखुट्टेप्रति सावधानी रहन अनुरोध समेत गरेको छ ।
     
    जलवायु परिवर्तनका कारण हिमाली क्षेत्रमा तापक्रम बढेपछि गर्मी स्थानमा मात्र हुने लामखुट्टे हिमाली क्षेत्रमा उक्लेको जनाइएको छ ।
     
    मेडिकल सुपरिटेन्डेन्ट डा. शाहले डेङ्गु सार्ने लामखुट्टे बिहान सूर्योदयभन्दा अगाडि र साँझ सूर्यास्तभन्दा पछाडि थोरै समय सक्रिय रहने भएकाले सो समयमा बढी सावधानी अपनाउनु पर्ने बताउनुभयो ।
     
    उहाँले घरआँगन छेउका गोरेटो घोडेटोलगायतमा पैदल वा सडक मार्गमा सफा राख्न र पानी जम्ने स्थान माटोले पुरी पानीका भाडा छोपेर राख्न आग्रह समेत गर्नुभयो।
     
    यस्तै जिल्ला अस्पताल धुञ्चेले आइतबारदेखि थप व्यवस्थित गर्दै ‘ओपिडी सेवा’ सञ्चालनमा ल्याएको छ । अस्पताल छेउमा रहेको पुरानो भवनलाई सदुपयोग गर्दै व्यवस्थित तवरको ओपिडी सेवा सञ्चालनमा ल्याएको हो । सो ओपिडी सेवाको गोसाईंकुण्ड गाउँपालिका अध्यक्ष कैसाङनुर्पु तामाङले शुभारम्भ गर्नुभयो ।
     
    अस्पताल पुग्नासाथ अधिकांश बिरामी काठमाडौँ रिफर गर्ने परिपाटी क्रमशः अन्त्य हुँदै गएको जनाइएको छ । यसबाट विशेषगरी प्रसूति सेवा लिने सेवाग्राहीलाई सहज भएको समाजसेवी बाबुलाल तामाङले बताउनुभयो ।


    सोमवार, आषाढ २५ २०८००७:२९:४८
    सम्बन्धित समाचार

    Copyright © All right reserved to Nepali Network Site By: Sobij