Aug 23 2026 | २०८३, भाद्र ७ गते

२०८३, भाद्र ७ गते
  • यो साता चर्चामा :
images

राष्ट्रपति ट्रम्प र प्रमुख प्रतिद्वन्द्वी बाइडनबीच पहिलो प्रत्यक्ष बहस जारी

राष्ट्रपति ट्रम्प र प्रमुख प्रतिद्वन्द्वी बाइडनबीच पहिलो प्रत्यक्ष बहस जारी

  • बुधवार, आश्विन १४ २०७७

  • 1.3K
    SHARES

  • राष्ट्रपति ट्रम्प र प्रमुख प्रतिद्वन्द्वी बाइडनबीच पहिलो प्रत्यक्ष बहस जारी

    एजेन्सी । संयुक्त राज्य अमेरिकामा नोभेम्बर महिनामा हुन लागेको राष्ट्रपतीय चुनावअघि दोस्रो कार्यकालका लागि चुनाव लड्दै गरेका वर्तमान राष्ट्रपति डोनल्ड ट्रम्प र उनका प्रमुख प्रतिद्वन्द्वी जो बाइडनबीच पहिलो प्रत्यक्ष बहस भइरहेको छ।

    ट्रम्पले कर छलेको भन्ने खालको समाचार सार्वजनिक भएका बेला उक्त बहस सुरु भएको बिबिसीले जनाएको छ । बाइडनले भने बहस सुरु हुनु केही घण्टाअघि मात्र आफ्नो कर विवरण सार्वजनिक गरेका छन्।

    त्यसमा उनले सन् २०१९ मा करिब तीन लाख डलर कर तिरेको देखिन्छ। अमेरिकामा राष्ट्रपति चयनका लागि मतदाताहरूले अन्य कुराका साथै टेलिभिजनबाट प्रत्यक्ष प्रसारण गरिने यस्तो बहसलाई पनि महत्व दिने गर्छन्। 

    ओहायोको क्लिभल्यान्डबाट प्रत्यक्ष प्रसारण भइरहेको उक्त बहस लाखौँ मानिसले हेर्ने अपेक्षा गरिएको छ।

     

     


    बुधवार, आश्विन १४ २०७७०७:१९:१८
    सम्बन्धित समाचार

    Copyright © All right reserved to Nepali Network Site By: Sobij