काठमाडौं । सुदूरपश्चिममा पर्ने प्राकृतिक तथा आध्यात्मिक ठाउँ खप्तड क्षेत्रमा छायांकन गरिएको गीत सार्वजनिक भएको छ।
शुक्रबार नेपाली कांग्रेसका महामन्त्री गगनकुमार थापा र पूर्व पर्यटन मन्त्री प्रेम आलेले गीतको विमोचन गर्नुभएको हो । सुगम संगीतका चर्चित गीतकार तथा संगीत दीपक शर्माको शब्द र संगीत रहेको गीतमा स्वर डेभिड शंकर र वेनिशा पौडेलको रहेको छ।
पर्यटकीय क्षेत्र खप्तडलाई सुटिङका लागि समेत उपयुक्त ठाउँका रूपमा प्रस्तुत गर्न खोजिएको म्युजिक भिडिओ निर्माण संयोजन समेत गरेका कलाकार सनम कठायतले जानकारी दिनुभयो ।
डोटी घर भएका कलाकार कठायतले आफ्नो क्षेत्रलाई प्रवर्द्धनका लागि अभियानका रूपमा यसपटक खप्तडमा केही गीत सुटिङ गरिएको बताउनुभयो।
यो गीतम कठायतसँगै निशा कार्कीको अभिनय देख्न पाइन्छ। गीत लेखन र म्युजिक भिडिओ निर्देशन डिबी खड्काले गरेका छन्।
क्रियटिभ निर्देशक जनक सिंह, सिनेमाटोग्राफर दिपक गिरीलगायत पनि सुदूरपश्चिमबाटै आएर नेपाली मनोरञ्जन क्षेत्रमा सक्रिय व्यक्ति हुन्। म्युजिक भिडियो सम्पादन विकास दाहालले गरेका छन्। गीत युट्युबमा कार्की क्रियसनबाट सार्वजनिक भएको छ।