Nov 19 2026 | २०८३, मंसिर ४ गते

२०८३, मंसिर ४ गते
  • यो साता चर्चामा :
images

देशका केहि स्थानमा आज पनि वर्षाको सम्भावना

देशका केहि स्थानमा आज पनि वर्षाको सम्भावना

  • आइतवार, आषाढ २४ २०८०

  • 573
    SHARES

  • देशका केहि स्थानमा आज पनि वर्षाको सम्भावना

    काठमाडौँ । देशका केहि स्थानमा वर्षा भइरहेको छ तर काठमाडौं उपत्यकामा हिजोदेखि वर्षा भएको छैन । हाल देशमा मनसुनी वायुको प्रभाव रहेको छ। मनसुनको न्यून चापीय रेखा सरदर स्थान भन्दा दक्षिण तर्फ अवस्थित रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ। जसको प्रभावले देशका विभिन्न स्थानमा हल्कादेखि मध्यम वर्षा भइरहेको छ ।

    आज दिउँसो देशभर आंशिक देखि सामान्य बदली रहनेछ। सबै प्रदेशका केही स्थानहरूमा हल्का देखि मध्यम वर्षाको सम्भावना रहेको छ।

    लुम्बिनी र सुदूरपश्चिम प्रदेशका एक(दुई स्थानमा चट्याङ्गसहित भारी वर्षाको समेत सम्भावना रहेको छ। लुम्बिनी र सुदूरपश्चिम प्रदेशका थोरै स्थानहरूमा हावाहुरीको पनि सम्भावना रहेको छ।


    आइतवार, आषाढ २४ २०८००६:२६:१९
    सम्बन्धित समाचार

    Copyright © All right reserved to Nepali Network Site By: Sobij