Aug 24 2026 | २०८३, भाद्र ८ गते

२०८३, भाद्र ८ गते
  • यो साता चर्चामा :
images

मन्त्री ज्वाला भन्छन–प्रधानमन्त्री प्रचण्डले राजीनामा दिनुहुन्न

मन्त्री ज्वाला भन्छन–प्रधानमन्त्री प्रचण्डले राजीनामा दिनुहुन्न

  • शुक्रवार, आषाढ २२ २०८०

  • 350
    SHARES

  • मन्त्री ज्वाला भन्छन–प्रधानमन्त्री प्रचण्डले राजीनामा दिनुहुन्न

    काठमाडौं । भौतिक पूर्वाधार तथा यातायात मन्त्री प्रकाश ज्वालाले प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले राजीनामा नदिने स्पष्ट पार्नुभएको छ ।

    नेपाली रेडियो नेटवर्कको नेपाली बहसमा पत्रकार ऋषि धमलासँग कुरा गर्दै मन्त्री ज्वालाले एमालेले जे भन्छ त्यहि गर्नुपर्ने नहुने भएकाले प्रधानमन्त्रीको राजीनामा माग्नु गलत र यो नहुने तर्क गर्नुभयो ।

    एउटा व्यक्तिले दौडधुप गरेर प्रधानमन्त्री नभइने बताउँदै मन्त्री ज्वालाले प्रधानमन्त्रीले बोलेको सन्दर्भलाई ट्वीस्ट गर्न नहुने कुरामा जोड दिदैँ बचाउ गर्नुभयो । प्रधानमन्त्रीको अभिव्यक्ति उछालेर सदन अवरुद्ध गरेर राजीनामा माग्ने तहसम्म पुग्नुको कुनै अर्थ नरहेको समेत उहाँको भनाइ छ ।

    आफ्ना अभिव्यक्तिका विषयमा प्रतिपक्ष दल मिडिया र देशबासी अलपल परेको अवस्थामा प्रधानमन्त्री प्रचण्ड स्वयम्ले संसदमार्फत प्रस्ट पार्ने पनि उहाँले बताउनुभयो ।

    साथै अर्को प्रसंगमा मन्त्री ज्वालाले बजेटलाई सन्तुलित र व्यवस्थित गर्न नसकेको स्वीकार गर्नुभएको छ ।


    शुक्रवार, आषाढ २२ २०८००९:०५:५८
    सम्बन्धित समाचार

    Copyright © All right reserved to Nepali Network Site By: Sobij