Aug 23 2026 | २०८३, भाद्र ७ गते

२०८३, भाद्र ७ गते
  • यो साता चर्चामा :
images

कोशी प्रदेशको मुख्यमन्त्रीमा उद्धव थापा आजै नियुक्त हुने

कोशी प्रदेशको मुख्यमन्त्रीमा उद्धव थापा आजै नियुक्त हुने

  • बिहिवार, आषाढ २१ २०८०

  • 478
    SHARES

  • कोशी प्रदेशको मुख्यमन्त्रीमा उद्धव थापा आजै नियुक्त हुने

    काठमाडौं । कोशी प्रदेश सरकारको मुख्यमन्त्रीमा कांग्रेस संसदीय दलका नेता उद्धव थापालाई आजै नियुक्त गर्ने तयारी भएको छ ।

    यद्यपि मन्त्रिमण्डल भने भोलि निर्माण हुने भएको छ । माओवादी केन्द्र संसदीय दलका नेता इन्द्रबहादुर आङ्बोले आज मुख्यमन्त्रीका लागि दाबी पेश गर्ने र मन्त्रीहरू क–कसलाई पठाउने भन्ने विषयमा भोलि मात्रै छलफल हुने बताउनुभयो । उहाँका अनुसार आज ४ः३० बजे दाबी पेश गर्ने तयारी गरिएको छ ।

    कोशी प्रदेशको मुख्यमन्त्रीमा कांग्रेस संसदीय दलका नेता उद्धव थापाको दाबी पेश गर्न सत्तारुढ गठबन्धन दलका शीर्ष नेताले प्रदेशका नेताहरूलाई निर्देशन दिएका थिए । उक्त दाबी पेश गर्ने गठबन्धन दलका नेताहरु काठमाडौँबाट विराटनगर आउने क्रम सुरु भएको छ ।

    गठबन्धन दलले राप्रपाको समर्थन प्राप्त नभए पनि थापालाई नै मुख्यमन्त्रीको रूपमा अगाडि सार्दै आज बेलुका ५ बजेभित्र प्रदेश प्रमुख परशुराम खापुङकोमा दाबी पेश गर्न लागेको हो ।


    बिहिवार, आषाढ २१ २०८००२:११:२४
    सम्बन्धित समाचार

    Copyright © All right reserved to Nepali Network Site By: Sobij