Aug 23 2026 | २०८३, भाद्र ७ गते

२०८३, भाद्र ७ गते
  • यो साता चर्चामा :
images

विवादास्पद अभिव्यक्तिबारे प्रधानमन्त्रीले संसदमा स्पष्टीकरण दिने

विवादास्पद अभिव्यक्तिबारे प्रधानमन्त्रीले संसदमा स्पष्टीकरण दिने

  • बिहिवार, आषाढ २१ २०८०

  • 756
    SHARES

  • विवादास्पद अभिव्यक्तिबारे प्रधानमन्त्रीले संसदमा स्पष्टीकरण दिने

    काठमाडौं। प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले केही दिन पहिले आफूले दिएको विवादास्पद अभिव्यक्तिबारे प्रतिनिधिसभामा स्पष्टीकरण दिनुहुने भएको छ।

    सरकारमा सहभागी राजनीतिक दलहरूको आज बिहान बालुवाटारमा बसेको बैठकले प्रधानमन्त्रीले राजीनामा दिनु नपर्ने र संसद्मा आफ्ना कुरा राख्नुपर्ने निष्कर्ष निकालेको हो ।

    माओवादी केन्द्रका मुख्य सचेतक हितराज पाण्डेले प्रधानमन्त्री दाहालले संसद्मा आफ्नो अभिव्यक्तिबारे प्रस्ट पार्ने समझदारी बनेको बताउनु भएको छ।

    नेपालमा पहिलोपल्ट ट्रक भित्र्याउने व्यवसायी प्रितम सिंहबारे किरणदीप सन्धुले लेखेको पुस्तक विमोचनका क्रममा दिएको अभिव्यक्तिलाई लिएर प्रधानमन्त्री दाहालको आलोचना भइरहेको छ । प्रमुख प्रतिपक्षी एमालेले राजीनामा मागेको छ भने रास्वपालगायतका दलहरूले जवाफमा मागेका छन् ।

    प्रधानमन्त्री दाहालले सत्तारुढ गठबन्धनको बैठकमा उक्त प्रसंग आफूले नभई सिंहलाई उल्लेख गरेको र अहिलेको प्रसंग नभएको प्रष्टीकरण दिनुभएको थियो। हिजोको प्रतिनिधिसभा बैठक एमाले, रास्वपा र राप्रपाको अवरोधका कारण स्थगित भएको थियो । प्रतिनिधिसभाको अर्को बैठक भोलि दिउँसो १ बजेका लागि बोलाइएको छ ।


    बिहिवार, आषाढ २१ २०८०१२:४६:१७
    सम्बन्धित समाचार

    Copyright © All right reserved to Nepali Network Site By: Sobij