Nov 19 2026 | २०८३, मंसिर ४ गते

२०८३, मंसिर ४ गते
  • यो साता चर्चामा :
images

बान कि मुनलाई मन्त्री मोदीले लगाइदिए ढाका टोपी (तस्बिरहरु)

बान कि मुनलाई मन्त्री मोदीले लगाइदिए ढाका टोपी (तस्बिरहरु)

  • बुधवार, आषाढ २० २०८०

  • 447
    SHARES

  • बान कि मुनलाई मन्त्री मोदीले लगाइदिए ढाका टोपी (तस्बिरहरु)

    काठमाडौं । संघीय मामिला तथा सामान्य प्रशासनमन्त्री अमन लाल मोदीले संयुक्त राष्ट्र संघका पूर्व महासचिव बान कि मुनलाई आँखी झ्यालसँगै नेपाली ढाका टोपी उपहार दिनुभएको छ ।

    1.jpg

    दक्षिण कोरियाको बुसान सहरमा जारी विश्वका विभिन्न देशका मन्त्रीहरु सहभागी भइरहेको मन्त्रीस्तरीय सम्मेलनमा प्रमुख वक्ताको रूपमा उपस्थित भएका पूर्व महासचिव बान कि मुनलाई ढाका टोपी लगाई मन्त्री मोदीले आँखी झ्याल उपहार दिनुभएको हो ।

    2.jpg

    उपहार दिने क्रममा मन्त्री मोदीले नेपालको शान्ति प्रक्रियामा संयुक्त राष्ट्र संघमार्फत् प्राप्त साथ र सहयोगको प्रशंसा गर्नुभयो। ‘नेपालको शान्ति प्रक्रियाका सन्दर्भमा तपाई महासचिव हुनुहुँदा दिनुभएको साथ र सहयोगप्रति नेपाल सरकारको तर्फबाट कृतज्ञता प्रकट गर्न चाहन्छु,’ मन्त्री मोदीले भन्नुभयो, ‘नेपाल सरकार सदैव यहाँहरूको सकारात्मक साथ र सहयोगको अपेक्षा गर्दछ ।’

    4.jpg

    संयुक्त राष्ट्र संघका पूर्व महासचिव बान कि मुनले नेपालले प्राप्त गरेको उपलब्धिहरूको बारेमा प्रशंसा गर्नुभयो । उहाँले आफूलाई नेपालको सन्दर्भमा राम्रो स्मृति रहेको बताउँदै नेपालका लागि आवश्यक सकारात्मक साथ दिन आफू सदैव तयार रहेको बताउनुभयो ।

    5.jpg


    बुधवार, आषाढ २० २०८००१:५९:४९
    सम्बन्धित समाचार

    Copyright © All right reserved to Nepali Network Site By: Sobij