काठमाडौं । सवारीसाधनमा जोर–बिजोर प्रणाली लागू भएको काठमाडौं उपत्यकामा आज बिहान ९ सय वटा सवारीसाधन प्रहरीले नियन्त्रणमा लिएको छ ।
जोर-बिजोर नियम उल्लंघन गरेको आरोपमा महानगरीय ट्राफिक महाशाखाले ९ सय वटा सवारीसाधन नियन्त्रणमा लिएको महाशाखा प्रमुख एसएसपी भीमप्रसाद ढकालले बताउनुभएको छ ।
कोरोना भाइरस महामारी नियन्त्रणका लागि प्रशासनले काठमाडौंमा जोर–बिजोर प्रणाली लागू गरेको थियो । ढकालका अनुसार राजधनीका विभिन्न ४५ वटा चेक प्वाइन्टबाट ती सवारीसाधन नियन्त्रणमा लिइएको हो । नियन्त्रणमा लिएकामध्ये धेरैजसो मोटरसाइकल छन् ।
नियन्त्रणमा लिइएका सवारीसाधनलाई आइन्दा नियम पालना गराउने सर्तमा एकपटकलाई छोड्ने प्रहरीले तयारी गरेको छ ।