Aug 23 2026 | २०८३, भाद्र ७ गते

२०८३, भाद्र ७ गते
  • यो साता चर्चामा :
images

मुलुक ऋणको जालोमा फस्दै गयो : खिमलाल देवकोटा

मुलुक ऋणको जालोमा फस्दै गयो : खिमलाल देवकोटा

  • मंगलवार, आषाढ १९ २०८०

  • 437
    SHARES

  • मुलुक ऋणको जालोमा फस्दै गयो : खिमलाल देवकोटा

    काठमाडौं । राष्ट्रियसभाका सांसद खिमलाल देवकोटाले मुलुक ऋणको जालोमा फस्दै गएको टिप्पणी गर्नुभएको छ ।

    मंगलबार राष्ट्रियसभा बैठकमा भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारण मन्त्रालय, भौतिक पूर्वाधार तथा यातायात मन्त्रालय, संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालय र संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयको विनियोजन शीर्षकमाथिको सैद्धान्तिक छलफलमा भाग लिँदै उहाँले सो कुरा बताउनुभएको हो ।

    सांसद देवकोटाले आर्थिक सर्वेक्षण अनुसार मुलुकमा २१ खर्व ऋण तिर्न बाँकी रहनु मुलुक ऋणको जालोमा फस्न लागेको संकेत भएको तर्क समेत गर्नुभयो । कूल जिडिबीको ४२ प्रतिशत मुलुकमा ऋणको भार देखिएको उल्लेख गर्दै त्यो राम्रो संकेत नभएको उहाँको भनाई थियो ।

    सांसद देवकोटाले सरकारले ‘ऋण लिएर घिउ खाएजस्तो’ गरेर बजेट विनियोजन गरेको समेत बताउनुभयो ।

    सांसद देवकोटाले सरकारले ल्याएको बजेट संघीयता विरोधी रहेको पनि पटकपटक दोहो¥याउनुभयो ।

     


    मंगलवार, आषाढ १९ २०८००४:५८:५७
    सम्बन्धित समाचार

    Copyright © All right reserved to Nepali Network Site By: Sobij