कञ्चनपुर । कञ्चनपुरको कृष्णपुरबाट प्रहरीले भरुवा बन्दुक सहित दुई जना युवकहरूलाई पक्राउ गरेको छ ।
कृष्णपुर नगरपालिका वडा नम्बर १ दोमिल्ला बस्ने २४ वर्षीय लाल बहादुर बिष्ट र सोही ठाउँका २५ वर्षीय कमल थापालाई कञ्चनपुर प्रहरीले सोमबार अपरान्ह पक्राउ गरेको जिल्ला प्रहरी कार्यालय कञ्चनपुरका प्रवक्ता एवं प्रहरी नायव उपरीक्षक अमर बहादुर थापाले बताउनु भएको छ ।
शनिबार राति घरमा भरुवा बन्दुक देखाई डरत्रास एवं आतङ्क सिर्जना गरेको भन्ने बिशेष सुचनाका आधारमा बिष्टलाई पक्राउ गरी सोधपुछ गर्दा सोही स्थान बस्ने २५ वर्षीय कमल थापाको गोठभित्र लुकाइराखेको छ भनी बताएपश्चात उक्त स्थानमा गई चेकजाँच गर्दा भरुवा बन्दुक थान(१ लोड गरेको अवस्थामा फेला पारी कानुन बमोजिम बरामद गरिएको हो ।
बिष्ट र थापा समेतलाई नियन्त्रणमा लिई थप अनुसन्धान कार्य भइरहेको प्रहरीले जनाएको छ ।