Aug 26 2026 | २०८३, भाद्र १० गते

२०८३, भाद्र १० गते
  • यो साता चर्चामा :
images

पहिरोले अवरुद्ध बेनी–बागलुङ सडक तीन महीनापछि सञ्चालनमा

पहिरोले अवरुद्ध बेनी–बागलुङ सडक तीन महीनापछि सञ्चालनमा

  • मंगलवार, आश्विन १३ २०७७

  • 1.6K
    SHARES

  • पहिरोले अवरुद्ध बेनी–बागलुङ सडक तीन महीनापछि  सञ्चालनमा

    बागलुङ। तीन महीनादेखि अवरुद्ध बेनी बागलुङ सडक मर्मतपछि सञ्चालनमा आएको छ। गत असारदेखि विभिन्न स्थानमा खसेको पहिरोले अवरुद्ध भएको सडक मर्मतपछि हिजोदेखि सञ्चालनमा आएको सडक डिभिजन कार्यालयले जनाएको छ।

    सडकखण्डको तल्ली बान्द्रे, बागलुङ र म्याग्दीको सिमानामा पर्ने ढोडेनी खोला, रत्नेचौरको रानीबन लगायतका ठाउँमा पहिरो खसेपछि तीन महिनादेखि सडक अवरुद्ध भएको थियो।

    सडक डिभिजन कार्यालयले मानिस र मेसिनको प्रयोग गरी पहिरो पन्छाएर अवरुद्ध सडक सञ्चालन गरेको बेनी नगरपालिका(१ का वडाध्यक्ष टेकबहादुर रावलले बताउनुुभयो ।

    बेनी(मालढुङ्गा सडकको विकल्पका रूपमा रहेको बेनी(बागलुङ सडक अवरुद्ध हुँदा बेनपा( रत्नेचौर र वडा नम्बर २ ज्यामरुककोटका साथै बेनी र बागलुङ आवतजावत गर्ने सयौँ यात्रु समस्यामा परेका थिए।

    सडक अवरुद्ध हुँदा स्थानीयले उत्पादन गरेको कृषिजन्य उत्पादन बिक्री वितरण गर्न बजार ल्याउन समस्या भएको थियो। रासस


    मंगलवार, आश्विन १३ २०७७०८:५१:३०
    सम्बन्धित समाचार

    Copyright © All right reserved to Nepali Network Site By: Sobij