Aug 24 2026 | २०८३, भाद्र ८ गते

२०८३, भाद्र ८ गते
  • यो साता चर्चामा :
images

कृषि तथा पशुपन्छी बीमालाई प्रभावकारी रूपले अगाडि बढाऔँ : मन्त्री भुसाल

कृषि तथा पशुपन्छी बीमालाई प्रभावकारी रूपले अगाडि बढाऔँ : मन्त्री भुसाल

  • सोमवार, आषाढ १८ २०८०

  • 690
    SHARES

  • कृषि तथा पशुपन्छी बीमालाई प्रभावकारी रूपले अगाडि बढाऔँ : मन्त्री भुसाल

    काठमाडौं । कृषि तथा पशुपन्छी विकास मन्त्री डा. बेदुराम भुसालले कृषि तथा पशुपन्छी बीमाको विगत १० वर्षको अनुभवलाई समीक्षा गरी यसलाई अझै प्रभावकारी रूपले अगाडि बढाउनुपर्ने बताउनुभएको छ।

    नेपाल बीमा प्राधिकरणद्वारा आयोजित कृषि, पशुपन्छी तथा जडीबुटी बीमा सम्बन्धी अन्तरक्रिया कार्यक्रमलाई सम्बोधन गर्दै मन्त्री डा. भुसालले कृषि उत्पादन बढाउन र अर्थतन्त्रलाई सबल बनाउन कृषि, पशुपन्छी तथा जडीबुटी बीमाको भूमिका महत्त्वपूर्ण रहेको उल्लेख गर्नुभएको हो ।

    उहाँले कृषकले अपनत्व महसुस गर्ने, कृषिका सबै क्षेत्रलाई समेट्ने र विद्यमान समस्याहरूको निकास निस्कने गरी कृषि तथा पशुपन्छी बीमा अनुदान निर्देशिका परिमार्जन गर्नका लागि सुझाव दिन सबैलाई आग्रह गर्नुभयो। कृषि तथा पशुपन्छी विकास मन्त्रालयका सचिव डा. दीपककुमार खरालले सरकारले कृषि तथा पशुपन्छी बीमामा उपलब्ध गराउँदै आएको अनुदान रकम निरन्तर रूपमा निकासा हुँदै जाने स्पष्ट गर्नुहुँदै कृषि बीमालेख निरन्तर जारी गर्न, नियमसङ्गत् रूपमा दाबी रकम भुक्तानी गर्न र कृषकलाई आघात पार्ने कुनै काम नगर्न बीमा कम्पनीहरूलाई आग्रह गर्नुभयो।

    नेपाल बीमा प्राधिकरणका अध्यक्ष सूर्यप्रसाद सिलवालले कृषि बीमा अनुदानबाट लक्षित वर्गले लाभ पाए नपाएको सहित अनुदानको उपयोगिताका बारेमा अध्ययन गर्नु आवश्यक रहेको उल्लेख गर्नुहुँदै ठूला कृषि फर्मलाई नभई सीमान्तकृत वर्ग, साना किसान एवम् लक्षित वर्गलाई लाभ पुग्ने गरी कृषि बीमा अनुदानको व्यवस्था हुन सके त्यसको प्रभावकारी बढ्ने जिकिर गर्नुभयो ।


    सोमवार, आषाढ १८ २०८००३:४०:०५
    सम्बन्धित समाचार

    Copyright © All right reserved to Nepali Network Site By: Sobij