Aug 24 2026 | २०८३, भाद्र ८ गते

२०८३, भाद्र ८ गते
  • यो साता चर्चामा :
images

घुससहित पक्राउ परेका नापी सर्वेक्षक र लेखापढी व्यवसायीविरुद्ध भ्रष्टाचार मुद्दा 

घुससहित पक्राउ परेका नापी सर्वेक्षक र लेखापढी व्यवसायीविरुद्ध भ्रष्टाचार मुद्दा 

  • आइतवार, आषाढ १७ २०८०

  • 764
    SHARES

  • घुससहित पक्राउ परेका नापी सर्वेक्षक र लेखापढी व्यवसायीविरुद्ध भ्रष्टाचार मुद्दा 
    काठमाडौं । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले काठमाडौंस्थित नापी कार्यालय मनमैंजुका नापी सर्वेक्षक रमेश उपरकोटी र लेखापढी व्यवसायी अविशेक कार्कीविरुद्ध भ्रष्टाचार मुद्दा दायर गरेको छ ।
     
    जग्गाको कित्ताकाट गरी राजीनामा पास गर्ने क्रममा सेवाग्राहीसँग एक लाख ७५ हजार रुपैयाँ घुस लिइरहेको अवस्थामा पक्राउ परेका उनीहरूविरुद्ध आइतबार विशेष अदालत काठमाडौंमा मुद्दा दायर गरिएको अख्तियारका प्रवक्ता भोला दाहालले जानकारी दिनुभयो । 
     
    आयोगका प्रवक्ता दाहालका अनुसार सर्वेक्षक उपरकोटी र लेखापढी व्यवसायी कार्कीविरुद्ध भ्रष्टाचार निवारण ऐन, २०५९ को दफा ३ को उपदफा (१) बमोजिम बिगो जरिवाना सजायसमेत हुने गरी विशेष अदालतमा आरोप पत्र दायर गरिएको हो ।
     
    उहाँका अनुसार नापी सर्वेक्षक उपरकोटीले जग्गा कित्ताकाट गरी राजीनामा पास गर्ने प्रयोजनको लागि सेवाग्राहीसँग एक लाख ७५ हजार घुस माग गरी लेखापढी व्यवसायी कार्कीमार्फत लिन लगाएका थिए । 
     
    दुवै जनाविरुद्ध एक लाख ७५ हजार रुपैयाँ बिगो र जरिवाना माग गरिएको उहाँले बताउनुभयो ।
     
     


    आइतवार, आषाढ १७ २०८००४:४८:४१
    सम्बन्धित समाचार

    Copyright © All right reserved to Nepali Network Site By: Sobij